Loving nepal news

Thursday, September 23, 2010

तराईमा घातक बल प्रयोगः राष्ट्र संघ

कान्तिपुर संवाददाता

काठमाडौं, आश्विन ७ - तराईमा भएका गैरन्यायिक हत्यामा सुरक्षा फौजले गैर कानुनीरुमा घातक बल प्रयोग गरेको संयुक्त राष्ट्र संघले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

बिहीबार सन् २००८ जनवरीदेख सन् २०१० सम्म तराईमा भएका गैरन्यायिक हत्याका आरोपहरुको शीर्षक नामक प्रतिवेदनको सार्वजनिक गर्दै उसल भनेको छ घटनाहरूमा सुरक्षाफौजद्वारा गैरकानुनी रूपमा घातक बल प्रयोग गरिएका विश्वसनीय आरोपहरू थिए ।

प्रतिवेदनमा पूर्वी तथा मध्य तराईका दश जिल्लाहरूलाई समेटेको छ । 'कम्तीमा १६ वटा घटनामा पीडितहरूको मृत्यु हुनुअघि उनीहरूलाई पक्राउ गरिएको थियो भन्ने विश्वसनीय आरोपहरू छन्,' प्रतिवेदनमा भनिएको छ 'सङ्कलित सूचनाहरूले के जनाउँछन् भने 'भिडन्तका क्रममा मारिएका' भनिएका धेरै घटनामा प्रहरी कारबाहीहरूमा मृत्युभन्दा पनि पक्राउ भएको हुनुपर्थ्यो, अधिकांश घटनाहरूमा पूर्ण तथा निष्पक्ष अनुसन्धान वा फौजदारी कारबाही नगरिएको पनि प्रतिवेदनले देखाउँछ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks