न्युयोर्क, भाद्र ३१ - अनमिनको म्याद अन्तिमपल्ट थप्ने भन्ने कामचलाउ सरकारको पत्रले नयाँ बन्ने सरकारका लागि अप्ठ्यारो परिस्थिति सिर्जना गर्ने यहाँस्थित जानकारले बताएका छन् ।
'कामचलाउ सरकारले भनेजस्तै सुरक्षा परिषद्ले अनमिनको म्याद अन्तिमपल्टका लागि थप्यो र कुनै कारणवश त्यो अवधिमा शान्ति प्रक्रिया पूरा भएन भने त्यसपछि अनमिनको निरन्तरताका लागि अनुरोध गर्न नयाँ सरकारलाई अप्ठ्यारो पर्नेछ,' जानकार स्रोतले भन्यो ।
एकपटक निर्णय गरिसकेपछि सुरक्षा परिषद् पछि नहट्ने भएकाले अन्तिम भनेर पठाउनु सरकारको अदूरदर्शिता भएको उनीहरूको बुझाइ छ । अनमिनको म्याद अन्तिमपल्ट थप्ने भन्ने विषयलाई नेपाल सरकारको नीति परिवर्तनका रूपमा चित्रित गर्दै उनीहरूले कामचलाउ सरकारले पुरानै कुरालाई निरन्तरता दिएको भए उपयुक्त हुने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks