Loving nepal news

Sunday, September 19, 2010

काँग्रेस महाधिवेशनमा नीति तथा कार्यक्रममाथि छलफल जारी

कान्तिपुर संवाददाता


काठमाडौ, आश्विन ४ - नेपाली काँग्रेस महाधिवेशनको सोमबार(आज) चौथो दिन नीति तथा कार्यक्रम माथि छलफल जारी रहेको छ । भृकुटी मण्डपमा जारी बन्द सत्रमा नीति तथा कार्यक्रम माथि जिल्ला सभापतिहरुले टिप्पणी गरिरहेका छन् ।

७५ वटै जिल्लाका सभापतिहरुलाई बोल्न अवसर दिने कार्यक्रम तय गरिएअनुसार ४० जना सभापतिले आफ्नो धारणा राखिसकेका छन् । माओवादीले काँग्रेसलाई मुख्य शत्रु मानेको र एमालेलाई सरकार बनाउन सहयोग गर्दा पनि उसले नगरेकोले ती दुई पार्टीका विषयमा काँग्रेसले आफ्नो धारणा तय गर्नुपर्ने आवाज बन्द सत्रमा उठेको छ । गाउँ स्तरसम्म पार्टीलाई मजबुत बनाउन केन्द्रले कार्यक्रम दिन नसकेको,कार्यकर्ताल्ााई संरक्षण दिन नसकेको,पार्टी गुट उपगुटमा विभाजित देखिएको विषयमा सहभागीहरुले आवाज उठाएका छन् । पार्टी वैचारिक रुपमा कमजोर भएकाले गाउँ स्तरसम्म प्रशिक्षणको कार्यक्रम गरिनुपर्ने उनीहरुले सुझाव दिएका छन् । सभापतिहरुले बोल्न सकेपछि प्रतिनिधिहरुले मौका पाउने छन् । बन्द सत्र आजै साँझ सक्ने कार्यक्रम छ । नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुने छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks