Loving nepal news

Monday, September 13, 2010

राष्ट्रपतिद्वारा कानुन व्यवसायीसँग परामर्स

कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र २८ - राजनीतिक गतिरोधका बिषयमा सोमबार राष्ट्रपति रामवरण यादवले कानुन व्यवसायीसित छलफल गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा कानुन व्यवसायीहरुले संसद्को नियमावली संशोधन गरेर गतिरोध फुकाउन सकिने सल्लाह दिएका छन् । कानुन व्यवसायीहरु भीमार्जुन आचार्य, टिकाराम भट्टराई, माधव बस्नेत, चन्द्रकान्त ज्ञवाली र उमा रेग्मीसित राष्ट्रपतिले परामर्स लिएका हुन् ।

कानुन व्यवसायीहरुले संसद्को नियमावली संशोधन गरेर अहिलेको राजनीतिक गतिरोध हटाउन सकिने सुझाव दिएको अभिवक्ता भट्टराईले जानकारी दिए । 'सरकार निर्माणका लागि निरन्तरताको यो प्रक्रिया 'ब्रेक' गर्नुपर्छ,' भेटपछि भट्टराईले भने, 'त्यसका लागि सभामुखले सवै दललाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्छ, नसके 'एस अर नो' भनेर अघि बढ्नुपर्छ ।'


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks