Loving nepal news

Friday, September 10, 2010

लोकतान्त्रिक निकासका लागि काग्रेसलाई समर्थन गर्ने: भण्डारी अनमिनमा माओवादीको प्रभाव रहेकोले अनमिनले विद्रोहीलाई अगाडी बढाउने काम मात्रै गरेको आरोप

पोखरा,२५ भाद्र(दैनिकी)

कामचलाउ सरकारका रक्षामन्त्री विद्यादेवी भण्डारीले माओवादी नागरिक पार्टी बन्न नसकेकोले लोकतान्त्रिक निकासका लागि प्रधानमन्त्री निर्वाचनमा काग्रेसलाई समर्थन गर्ने बताउनुभएको छ । शुक्रबार प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । एमाले तटस्थ बस्दा राजावादी र माओवादीलाई फाइदा पुग्ने भएकाले आगामी प्रधानमन्त्री निर्वाचनमा काँग्रेसलाई समर्थन गर्ने खुलासा गर्नुभयो । भण्डारीले अव हुने प्रधानमन्त्रीको चुनाव नलम्बिने र यसको लागी पार्टी छलफलमा लागेको भताउनुभयो । संस्थापन पक्षले तथस्टता बस्ने निर्णय गरिरहँदा पार्टी उपाध्यक्ष समेत रहनु रहेका भण्डारीले देशलाई निकास दिन एमालेले अव तटस्थता तोड्नु पर्ने बताउनुभयो ।
माओवादीले लडाकु व्यवस्थापन र हतियार नष्ट नगरे सम्म उसको नेतृत्वको सरकार कसैलाई पनि मान्य नहुने बताउदै मन्त्री भण्डारीले लोकतान्त्रिक निकासका लागि भए पनि प्रधानमन्त्री निर्वाचनमा काग्रेसलाई समर्थन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले माओवादीको प्रभाव अनमिनमा रहेकोले नेपाली सेनालाई अनमिनको निगरानीमा राख्न नहुने बताउनुभयो । उहाँले अनमिनले विद्रोहीलाई अगाडी बढाउने काम मात्रै गरेको आरोप पनि लगाउनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks