Loving nepal news

Thursday, September 2, 2010

एमाले खनाललाई प्रधानमन्त्री बनाउने रणनीतिमाः संस्कृति मन्त्री

रासस

एमाले खनाललाई प्रधानमन्त्री बनाउने रणनीतिमाः संस्कृति मन्त्री

रासस

स्याङ्जा, भाद्र १७ - संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालले झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने रणनीतिका साथ एमाले अहिलेको प्रधानमन्त्रीय निर्वाचनमा तटस्थ बस्दै आएको आरोप लगाएका छन् ।

बीस गतेसम्म पनि सहमति हुनेमा आशङ्का व्यक्त गर्दै उनले मुलुक अनिर्णयको बन्दी हुनुको प्रमुख दोषी एमाले नै भएको र अहिलेको अन्यौलताप्रति सबै गम्भीर हुन पर्ने बताए ।

मन्त्री रिजालले स्याङ्जा सदरमुकाममा बिहीबार पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा कांग्रेस अहिले आˆनो सिद्धान्तबाहिर हिँडिरहेको भन्दै आगामी महाधिवेशनपश्चात् पार्टीर् नयाँ ढङ्गबाट अगाडि बढ्नेमा विश्वस्त हुन आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका रिजालले आगामी महाधिवेशनमा आफू केन्द्रीय सदस्यमा चुनाव लड्ने जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks