कान्तिपुर संवाददाता
काठमाडौं , आश्विन ३ - उपराष्ट्रपतिका स्वकीय सहसचिव राजेश अहिराजलाई अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार अहिराज माथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । अहिराज सम्पादक रहेको मधेशवाणी पत्रिकाले तराईको भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहमा सैन्य भर्ती खुलेको विज्ञापन छापेपछि काठमाडौं प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको थियो । उनी माथि राज्यविरुद्ध अपराध गरेको अभियोग लगाइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks