काठमाडौं, भाद्र २३ - बेरोजगार युवाहरुको आकर्षण दुई सुरक्षा निकाय नेपाली सेना र नेपाल प्रहरीमा हाराहारी देखिएको छ ।
नेपाली सेनामा आवेदन दिने मिति सकिएपछि परेको निवेदनका आधारमा त्यस्तो स्थिती देखिएको हो । नेपाल प्रहरी र सेनाले क्रमश गत साउन ५ र १७ गते खुला प्रतिश्पर्धाबाट पदपूर्ति गर्न आवेदन माग गरेका थिए ।
नेपाली सेनाले अधिकृततर्फ २ सय ५० र अन्य दर्जाका लागि ३२ सय १४ गरी कुल ३५ सय ६४ पदका लागी आवेदन माग गरेको थियो । त्यसरी मागिएको मध्ये अघिकृत पदमा ८ हजार ७ सय ३ आवेदन परेका छ भने अन्य पदमा ४८ हजार ८ सय १० गरी कुल ५७ हजार ५ सय १३ आवेदन परेको छ ।
सेनामा अधिकृत महिलाका २२ पदका लागी ७ सय ९१ आवेदन परेकाछन भने अन्य पद २ सय ८८ का लागी ३७ सय ४१ आवेदन परेकाछन । नेपाल प्रहरीमा महिला जवान र परिचर पदका लागी ४६ सय ९ जनाको आवेदन परेको छ ।
नेपाल प्रहरीले माग गरेको जवान ३८ सय पदका लागी ५१ हजार ५ सय ५५ र परिचर २ सय २३ का लागी ३४ सय ७७ गरी ५४ हजार ३२ आवेदन परेको थियो ।
केही महिनाअघि सशस्त्र प्रहरी बलले सय जना प्रहरी निरिक्षक पदका लागी आव्हान गर्दा ६ सय ७७ आवेदन परेको थियो । समावेशी अन्र्तगतको ९ वटा कोटामा ३२ जना महिलाले आवेदन गरेका थिए ।
बुधवार मात्रै आवेदनका लागी म्याद सकिएको सेनाले निवेदन शुल्क वापत मात्रै एक करोड ६९ लाख ३८ हजार ६० रुपैया राजश्व संकलन गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks