सिन्धुली, भाद्र २१ - एकीकृत माओवादीले जनविद्रोहको अन्तिम तयारी गरिरहेको महाओवदीकै एक पोलिटव्यूरो सदस्यले खुलाएका छन् । अबको जनविद्रोह विजयका लागि अन्तिम लडाइ भएको पोलिटव्यूरो सदस्य हरिबोल गजुरेलले बताएका छन् ।
विशाल-कुमारको सातौं स्मृतिसभामा सिन्धुलीमाढीमा आयोजित कार्यक्रम सदस्य गजुरेलले जनविद्रोहलाइ नयाँ तरिकाले कसरी सम्पन्न गर्ने भन्ने विषयमानै अहिलेको केन्द्रीय समितिको बैठकमा छलफल चलिरहेको बताए ।
माओवादी अध्यक्ष प्रचण्डका अत्यन्त निकट मानिने गजुरेलले जनविद्रोह निणर्ायक र रक्तपात पुर्ण हुने भएकाले सबै नेताको ध्यान नयाँ तरिका खोज्नमै केन्दि्रत भएको जानकारी दिए ।
एकदुइ जना नेता उत्तेजित भएर जनविद्रोह सम्पन्न नहुने भन्दै उहाँले माओवादीको भविष्यसँगै नेताहरुको भविष्य पनि जोडिएकाले गलत निर्णय नहुने ठोकुवा गरे । ती एकदइ जना नेतामा को पर्छन भन्ने उनले खुलाएनन् ।
भारतसँग आक्रोसित सदस्य गजुरेलले भारतले आफ्नो चिहान आफैं खन्दै गएको दावी गरे । विदेसी शक्तिसँग संघर्ष नगरी संसारका कुनै पनि राष्ट्रले विजय हाँसिल नगरेको हुँदा माओवादी जहाँ टक्राएको छ, त्यो ठिक ठाँउमा परेको सदस्य गजुरेलको तर्क थियो ।
भारतले माओवादीलाइ एमाले बनाउन गरेको सबै प्रयास विफल भएको भन्दै चिनलाइ समेत उत्तेजित पार्ने काम गरेकाले अब घेरा तोड्न धेरै समय बाँकी नरहेको गजुरेलको भनाइ थियो । शालिक बनाएर शहिदको सम्मान नहुने तर्क गर्दै गजुरेलले सिन्धुलीको अमलेलाइ पुर्वाञ्चलकै शहिदहरुलाइ संझने गाविस बनाउन महत्वकांक्षी योजना बनाउन केन्दि्रय समिति लागि परेको बताए ।
२०६०को भदौ २० गते माओवादी केन्दि्रय सदस्यद्धय शेरमान कुँवर,विशाल र मोहनचन्द्र गौतम, कुमारको सिरहाको धन्सबार भन्ने ठाँउमा तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks