रोल्पा, भाद्र २७ - विषाक्त खानाले चार दिन अघि मृत्यु भएका एकै परिवारका तीन जनाको अझै पोस्टमार्टम हुन सकेको छैन । बिहीबार साँझ आठ बजे खाना खाएर सुतेका ४५ वर्षिय बलबहादुर घर्ति र ४५ वर्षकी पत्नी दिलमाया घर्ति र भतिजा नाता पर्ने महत-१ रुकुमका दिलबहादुर वली भोलिपल्ट विहान मृत फेला परेका थिए ।
रुकुमका वलीको शव उनका आफन्तले लिएर गए पनि घर्ति दम्पतीको शव पोस्टमार्टम हुन सकेको थिए । दम्पतिको शव आइतबार प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा ल्याइएको छ ।
घर्ति दम्पतिका भतिजी नाता पर्ने उवा-८ की रामी घर्तिको घरमा खाना खाएर सुत्न आफ्नै निवासमा गएका वेला वेहोस भएपछि उनका परिवारले राति नै स्थानीय मेडिकलमा उपचारका लागि लगेका थिए । मृतक तीनै जनाले वलीले ल्याएको रक्सी, ढिडो र सिस्नो खाएका थिए ।
ढिडो र सिस्नो खाएर वेहोस भएकाले फुड पोइजनकाकारण तीनै जनाको मृत्यु भएको आशंका गरिएको छ । प्रहरी नायव उपरिक्षक खरेलका अनुसार रक्सी, ढिडो र सिस्नो परीक्षणका लागि ल्याइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks