महोत्तरी , आश्विन ४ - औरही गाविस वडा न.१ निवासी राजाराम यादवको आइतबार राति गोली हानी हत्या गरिएको छ । उनी तराई मधेश लोकतान्त्रिक पार्टीका औरही गाविस गाउँ इकाई कमिटी अध्यक्ष थिए ।
प्रहरीका अनुसार राति औरही बजारमा भइरहेको नाचगान कार्यक्रम हेर्न पुगेका र नजिकै एक होटेलमा खाई पिइ गरी बसेका यादवलाई ४/५ जनाको समूहमा आएका हतियारधारीले पछाडिबाट टाउकोमा गोली हानेको थियो । राति साढे ११ बजे तिर उक्त घटना भएको प्रहरीले बताएको छ ।
तराई जनतान्त्रिक पार्टीका आफूलाई एरिया इन्चार्ज बताउने वसन्तले संचारकर्मीलाई फोन गरेर घटनाको जिम्मेवारी लिएका छन् । पार्टी विरुद्ध सुराकी गरेकाले उनको हत्या गरिएको वसन्तले दावी गरेका छन् । मृतकका दाजु छविलाल यादवले स्थानीय राजनीतिक रिसइवीले हत्या गरिएको हुनसक्ने बताए ।
मृतकको साथबाट एक थान पेस्तोल र पाँच वटा गोली प्रहरीले बरामद गरेको छ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks