गोरखा, आश्विन ६ - काठमाडौबाट पोखरा हिडेको कार बुधबार दिउसो चितवनको दारेचोक गाविसमा दुर्घट्ना हुदा कांग्रेसका तीन कार्यकर्ताको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा उपमहानगरपालिका दशका तेज प्रसाद दाहाल, वडा नम्बर चारका कृष्ण पराजुली र वडा नम्बर ६ का युवराज पहारी रहेका छन् । ना ३ च ४७९२ नम्बरको कार दुघट्ना हुदा तीनै जनाको घट्ना स्थलमा मृत्यु भएकोर् इलाका प्रहरी कार्यालय मुंलिनले जनाएको छ । मृत्यु भएका दाहाल कास्की क्षेत्र नम्बर तीन कांग्रेस महासमिति सदस्य, पराजुली कास्की क्षेत्रनम्बर तीका सभापति र पहारी सक्रिय सदस्य रहेको खुल्न आएको छ ।
प्रहरीका अनुसार दुघट्नामा अन्य तीन र्घाईते भएका छन् । र्घाईने हुनेहरुमा पोखरा उपमहानगरपालिका एघारका माधब प्रसाद बास्तोला 'मधु', नौ नम्बर वडाका जोगेन्द्र बटाजु र लामाचौर गाविसका मदन केसी रहेका छन् । र्घाईते बास्तोला कास्की क्षेत्र नम्बर दुइका सभापति, बटाजु जिल्ला सदस्य र केशी महाधिबेशन प्रतिनिधि हुन् । र्घाईते तीनै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भै रहेको प्रहरीले जनाएको छ ।
उपचार गर्राईरहेका बास्तोला र बटाजुको अबस्था गम्भिर रहेको चितवन प्रहरीले जनाएको छ । उनीहरु दुवै बेहोस छन् । टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको प्रहरीले जनायो । उनीहरु छ जनानै कांग्रेसको १२ औ माहाधिबेश सम्पन्न भएपछि काठमाण्डौबाट पोखरा र्फकदै गरेका हुन् । केबलकार स्टेशनबाट पाच सय मिटर पुव काठमाण्डौ तर्फकार दुघट्ना भएको हो ।
कार सडकबाट तीन सय मिटर मुनि त्रिशुलि नदीमा खसेकोर् इलाका प्रहरी कार्यालय मुंलिनका प्रहरी नायब निरिक्षक बिनोद धितालले बताए । 'हामी घट्ना स्थल पुग्दा कोहि पनि प्रत्यक्षदर्शी भेटिनौ' उनले कान्तिपुरसंग टेलिफोनमा भने, 'घट्नाको प्रकृति हेदा कुनै सवारी साधनलाई ओभरटेक गने क्रममा कार नदीमा खसेको देखिन्छ ।' धितालका अनुसार पोखरातर्फआउने क्रममा दाहिनेबाट कार नदीमा खसेको हो ।
मृत्यू भएका पराजुलीको शव निकाल्न प्रहरीले निकै समय लागेको जनाएको छ । उनको शव पानी मुनि कारले चेपिएको अबस्था रहेकोले बुधबार सा“झ अबेरमा निकालिएको हो । निजि कार पराजुली आफैले चाएका थिए । उनीहरुसंग महाधिबेशन सकेर पछि पछि मोटरर्साईकलमा र्फकदै गरेका विनोद लामिछानेका अनुसार सोह्रखुट्टेमा खाना खाई छवै जना मध्यान्ह एघार बजे पोखरा तर्फलागेका हुन् ।
कार बुधबार मध्यान्ह साढे तीन बजे दुघट्ना भएको प्रनानि धितालले बताए । कार भने बुधबार साझ अबेरसम्म सडकमा निकाल्न सकिएको छैन । उनीहरुको शव पोखरा वा भरतपुर लाने भन्ने बिषयमा अबेरसम्म मुंलिन प्रहरीकोमा छलफल भई रहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks