दुर्गालाल केसी
दाङ, भाद्र २६ - तीजको अवसरमा माइत आएकी बहिनीको हत्या भएको छ । तुलसीपुर नगरपालिका १० दमार गाउँ निवासी ५५ बर्षीय चिरबिर सुनारले शुक्रबार राति आˆनै घरमा ४५ वर्षीया बहिनी सुमित्रा बिकको हत्या गरेका हुन् । मातेका सुनारले हातपात गर्न खोज्दा प्रतिकार गर्न लागेकी बहिनीको घाँटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक जीवन बुढाथोकीले बताएका छन् । बहिनीको हत्या गर्ने सुनारलाई प्रहरीले राति नै पक्राउ गरेको छ । हत्या गरिएकी बहिनी सौतेनी आमाकी छोरी भएको र उनका श्रीमान हाल भारतमा रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks