काठमाडौ, आश्विन ७ - नेपाली काँग्रेसको १२ औं माहाधिवेशनको केन्द्रीय सदस्य छनौटका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ । आरक्षित सिटको मतगणना सकिएपछि खुला र अञ्चलको मत गणना हुने निर्वाचन समितिले जनाएको छ ।
आरक्षण अन्तर्गत,महिला आदिवासी जनजाति, मधेसी, मुस्लिम र दलित गरी २२ सदस्यको मत गणना बिहान ९ बजे दखि भएको हो । आरक्षण अन्तर्गतको मत सकिएपछि खुला र अञ्चलको मतपनि आजै गणना गर्ने निर्वाचन अधिकृत बावसदेव आचार्यले जानकारी दिएका छन् । निर्वाचित सदस्यहरूको मत गणना कांग्रेसको केन्दि्रय कार्यालय सानेपमा भइरहेको छ । निर्वाचित सदस्यलाई बधाई तथा शुभकामना दिनका लागि कार्यलय पुग्ने कार्यकर्ताको घुइँचो बढेको छ ।
यसअघि सभापतिका लागि शुसिल कोइराला निर्वाचित भइसकेका छन् भने महामन्त्रीमा प्रकाशमान सिंह र चित्रलेखा यादव कोषाध्यक्षमा निर्वाचित भएका छन्
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks