निर्वाचन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुनेछ। मतदाता नामावली भने प्रकाशित भइसकेको छ। ५ गते साँझ मतदान सकिएलगत्तै पहिलो चरणमा सभापतिको मतगणना सुरु गरिने समितिले जनाएको छ। सभापतिमा पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने विधान व्यवस्था रहेकाले सभापतिको मतगणना पहिले गरिन लागेको हो।
सभापतिमा कुनै पनि उम्मेदवारले पचास प्रतिशतभन्दा बढी मत ल्याएनन् भने असोज ६ गते सभापतिका लागि पुनः मतदान हुनेछ। सभापतिको मतगणना सकिएपछि मात्रै महामन्त्री, कोषाध्यक्ष र सदस्यको मतगणना गरिने समितिले जनाएको छ।
निर्वाचन समितिले सभापति, महामन्त्री र कोषाध्यक्ष, खुला केन्द्रीय सदस्य, अञ्चल सदस्य र समोवशी सदस्यका लागि अलग्गै मतपत्र तयार गर्ने भएको छ। समावेशीअन्तर्गतका दलित, महिला, जनजाति, मधेसी र मुस्लिमका लागि पनि छुट्टाछुट्टै मतपत्र तयार गरेको छ। 'मतदानमा कुनै अलमल नहोस् भनेर छुट्टाछुट्टै मतपत्र तयार गरिएको हो,' केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले नागरिकसँग भने।
अलमल हटाउन मतपत्रको रंगसमेत फरकफरक छ। मतदाताले मतदान केन्द्रमा प्रवेश गरेपछि फरकफरक ठाउँमा राखिएका चारवटा मतपेटिकामा सभापति, महामन्त्री र कोषाध्यक्ष, खुलातर्फका केन्द्रीय सदस्य, अञ्चल सदस्य र समावेशी गरी क्रमशः मतदान गर्ने व्यवस्था मिलाइने भएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks