भरतपुर, आश्विन ५ - चार दिन अघि पृथ्वी राजमार्ग अन्र्तगत चितवनको दारेचोक गाबिस ९ स्थित फिसलिङमा झरेको पहिरो हटाउने क्रम निरन्तर जारी छ । प्रहरीका अनुसार बाँकी पहिरो हटाउने क्रम जारी रहेकाले मंगलबार पनि एकतर्फी सवारी संचालन गरिएको छ ।
माथिबाट ढुंगा झर्ने संभावना रहेकाले दोहोरो सवारी चलाउन नसकिएको इप्रका मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार पहिरो स्थलमा यसअघिको जस्तो सवारी जाम छैन । आज बिहान १० बजेबाट बांकी पहिरो हटाउने काम थालिने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks