Loving nepal news

Thursday, September 30, 2010

सुडानको जनमतसंग्रह अनुगमनमा पोखरेल

महेश आचार्य

न्युयोर्क, आश्विन १५ - नेपालका एक पूर्वप्रशासकले विश्व संस्था राष्ट्रसंघको उच्चस्तरीय प्यानलमा सदस्यको जिम्मेवारी पाएका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल सुडानमा ४ महिनापछि हुन लागेको जनमत संग्रहको अनुगमन गर्ने उच्चस्तरीय राष्ट्रसंघीय प्यानलमा चयन भएका हुन् । तीन सदस्यीय प्यानलका अन्य दुईमा तान्जानियाका अनुभवी पूर्वराष्ट्रपति बेन्जामिन म्पाका र पोर्चुगलका पूर्वविदेशमन्त्री एन्टोनियो मोन्टेइरो छन् ।

यसअघि सन् १९६१ मा नेपालका तात्कालीन राजदूत क्रृषिकेश शाहले तात्कालीन महासचिव ड्याग ह्यामरसोल्डको विमान दुर्घटनामा निधन भएको सम्बन्धमा छानबिन गर्ने राष्ट्रसंघीय टोलीको नेत्तृत्व गरेका थिए । विश्वकै ध्यान केन्दि्रत भएको सुडानका उच्चस्तरीय प्यानलको जिम्मेवारी पाउनु महत्वपूर्ण मानिन्छ । जिम्मेवारीपछि पोखरेल न्युयोर्क आइपुगेका थिए । उनले नेपालमा औपचारिक रूपमा मुलुकको द्वन्द्व बिसाउने माध्यम संविधानसभाको निर्वाचन गराउन नेत्तृत्वदायी भूमिका निर्वाह गरेका थिए । निर्वाचनपछि पदावधि बाँकी हुँदै राजीनामा दिएका थिए । पोखरेल प्रमुख आयुक्तमा नियुक्त हुनुपूर्व लामो समय सरकारी सेवामा थिए । राजीनामापछि उनी विश्वविख्यात हर्वार्ड विश्वविद्यालयबाट जनप्रशासनमा एकवर्षे स्नातकोत्तर अध्ययनमा लागेका थिए । उनले हालसालै मात्र अध्ययन पूरा गरेका हुन् । राष्ट्रसंघीय नियुक्तिपछि उनले 'चुनौतीपूर्ण भए पनि यो अवसर आफ्नो मुख्य कामको अतिरिक्त मुलुकलाई चिनाउने अवसरको रूपमा प्रयोग गर्ने' बताए ।

५७ वषर्ीय पोखरेल केही वर्षअघि बंगलादेशमा खटिएको निर्वाचनसम्बन्धी राष्ट्रसंघीय टोलीमा सदस्य समेत थिए । उनी सम्मिलित प्यानलले अक्टोबर पहिलो साता सुडानको भ्रमण गरी आफ्नो म्यान्डेटको औपचारिक थालनी गर्दै छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks