Loving nepal news

Tuesday, September 28, 2010

हतियार सहित पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा, आश्विन १३ - प्रहरीले झापाको मेचीनगरबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयको नियमित गस्ती टोलीले मंगलवार राति साढे ८ वजेतिर मेचीनगर १२ इटाभट्टाबाट ३५ वर्षीय सन्जिव साहलाई पक्राउ गरेको हो । साहको साथबाट एक थान कटुवा पेस्तोल र ९ एमएमका दुई राउण्ड गोली पनि प्रहरीले वरामद गरेको जनाएको छ ।

इटाभट्टा चोकमा केही युवाहरुसंग विवाद भइरहेका वेला साहको शरीर खानतलासी गर्दा हतियार फेला परेको थियो । प्रहरीले साह झापामा रहेको भूमिगत मधेशी संगठन मधेशी मुक्ती टाइगर्सका कार्यकर्ता हुनसक्ने अनुमान गरेको छ । प्रहरीले साहसंगै मेचीनगर १२ इटाभट्टा निवासी गोविन्द ढुंगानालाई पनि पक्राउ गरेको जनाएको छ । निजलाई ज्यान उद्योग र हतियार तथथा खरखजनासम्वन्धमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks