अजयकुमार साह जनकपुर २५ भदौ
नेपाली काँग्रेसको आसन्न १२ औं महाधिवेशनमा धनुषाबाट विभिन्न पदमा आठजनाले उम्मेदवारीको घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्नेहरुमा विमलेन्द्र निधि, आनन्द प्रसाद ढुंगाना, रामकृष्ण यादव, महेन्द्र यादव, स्मृतिनारायण चौधरी, रामपल्टन साह, मीनाक्षी झा र सुदेश चौधरी रहेका छन्। महामन्त्री निधि र ढुंगानाले जनकपुर अंचल प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यसैगरी रामकृष्ण यादव, महेन्द्र यादव, स्मृतिनारायण चौधरी र रामपल्टन साहले मधेसी कोटामा उम्मेदवारी दिने घोषणा गरेका छन्।
त्यस्तै जनजाति कोटामा सुदेश चौधरी र मधेसी महिला कोटाबाट मिनाक्षी झाले उम्मेदवारी दिने घोषणा गरेका छन्। सबै उम्मेदवारहरुले पार्टीलाई एकिकृत र सबैको साझा पार्टी बनाउने र मधेसमा गुमेको पार्टीको छविलाई पुनः स्थापित गर्ने अपेक्षा पुरा गर्न उम्मेदवारी घोषणा गरेको दाबि गरेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks