न्यूयोर्क, भाद्र १७ - भारतीय विदेश मन्त्रालयकी एक उच्च कुटनीतिक अधिकारीविरुद्ध नेपाली मुलकी एक युवतीले न्यूयोर्कको फेडेरल कोर्टमा आफुलाई बाल श्रम शोषण र दास बनाएको भन्दै हदैसम्मको कारवाहीको माग सहित मुद्दा दायर गरेकी छिन् ।
दार्जिलिङ सुकुना की शान्ति गुरुङले सयक्त राष्टका लागि न्यूयोर्कस्थित भारतीय नियोगमा कार्यरत तत्कालीन प्रेस, संस्कृति, सुचना र सामुदायिक मामिला सम्बन्धी काउन्सुलर निना मलहोत्रा र उनका पति ईन्जिनियर जोगेश मलहोत्राविरुद्ध मुद्वा हालेकी हुन् । निना मलहोत्रा, हाल भारतीय विदेश मन्त्रालयको दक्षिण मामिला हेर्ने विभागकी निर्देशक पदमा कार्यरत छिन् ।
गुरुङको रिटमा सत्र बर्षको उमेर अपहरण शैली आफुलाई मलहोत्रा दम्पतीले न्युर्याेक पुर्याएको र दासको रुपमा झण्डै साढे तीन बर्ष घरेलु कामदार भएको उल्लेख छ । गुरुङले आफुले काम गरेको चालीस महिलाको पारश्रमिकरुपमा साढे पाँच हजार भारु अर्थात झण्डै एक सय बीस अमेरिकी डलर मात्र पाएको रिटमा जनाइएको छ् । जबकी मलहोत्रा दम्पतीले मासिक पाँच हजार भारु अर्थात झण्डै एक सय आठ डलर पारश्रमिक दिने र हरेक ६-६ पारिश्रमिक बढाईदिने आश्वासन गुरुङलाई दिएका थिए । स्मरण रहोस, न्युर्याेकको फेडरल ल अनुसार न्युनतम पारिश्रमिक प्रति घण्टा सात दशमलब २५ डलर छ् । सातामा चालीस घण्टा नाघेपछि ओभर टाईमको रुपमा अतिरिक्त पारिश्रमिकको व्यवस्था छ ।
कुटनीतिज्ञले पाउने भान्से सुविधामा मलहोत्रा दम्पतीले सन २००६ को मार्चमा ए-३ ईम्पोईमेन्ट भिसामा न्युर्याेक ल्याईएकी गुरुङले सातै दिन दैनिक सोह्र घण्टा काम गर्नु परेको र साढे तीन बर्षको अवधिमा उनीहरुको निगरानी बाहेक अन्य समयमा म्यानहाटन क्षेत्रमा रहेको अपार्टमेन्टबाट बाहिर निस्कन निषेध गरिएको रिटमा लेखिएको छ् । पटक पटक उनको आफनो पासपोर्ट माग्दा मलहोत्रा दम्पतीले नदिएको एवम अपार्टमेन्ट बाहिर निस्किए प्रहरी लगाएर जेल पठाउने र कार्गाे रुपमा दार्जिलिङ फर्काउने धम्की पाएको गुरुङलाई उदृत गर्नै न्यूयोर्कको नेपाली सामाजिक संस्था अधिकार की नर्वदा श्रेत्रीले कान्तिपुरला बताईन् । आठ कक्षा सम्मको अध्ययन गरेकी गुरुङले पटक पटक खानपिन लगायतका सर्सना बिषयमा शारिरीक एवं मानसिक यातना पाएको रिटमा उल्लेख गरेकी छिन् । यसबारेमा कान्तिपुरको प्रश्नमा राष्ट्र संघका लागि भारतीय नियोगले प्रतिक्रिया अस्वीकार गरेको छ ।
सन २००९ को जुलाईमा मलहोत्रा दम्पती बाहिर भएको मौका छोपी एक महिलाको सहयोगमा उनी त्यहाँबाट उम्कन सफल भएकी थिईन् । त्यसपछि उनी, न्यूयोर्कमा कार्यरत नेपाली भाषीहरुको सामाजिक संस्था अधिकारको संरक्षणको पुगेकी थिईन् । निर्देशक लुना रन्जितका अनुसार अधिकारको अथक प्रयासपछि दुई ल र्फमले शान्तिको केसलाई निशुल्क लडिरहेका छन् । २१ बषर्ीया गुरुङको तर्फबाट गिब्सन, डुन एण्ड क्रुचर ल र्फम र अर्बान जस्टिस सेन्टरले मुद्धा हेरिहेका छन । गुरुङका वकिल मिचेल कार्लनले कान्तिपुरसंग भने' यो निकै पिडाजनक केस हो । तर हामी यस सफल हनेछौं ।' कार्लनले आरोपितहरु अमेरिकामा नरहेकोले दण्डित हुने मामिलामा भविष्यमा प्राविधिक समस्या हुनसक्ने बताउने भने' तर पनि यो केसले कुटनितीज्ञको भविष्यमा अमेरिकामा सेवा गर्ने पक्षलाई प्रभावित पार्नेछ् ।'
रिटमा मानवतस्कर, दासत्व, बाल श्रम, निशुल्क श्रम, न्युनतम पारिश्रमिक र अतिरिक्त समयको पारिश्रमिक नपाएको लगायत बीस वटा अभियोग मलहोत्रा दम्पत्तीलाई लगाईएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks