काठमाडौ, भाद्र २६ - प्रधानमन्त्री माधवकुमार नेपालले सरकार निर्माणमा उत्पन्न गतिरोधलाई निकास दिने पहल आफूले सुरु गरेको जानकारी राष्ट्रपति रामवरणय यादवलाई गराएका छन ।
प्रधानमन्त्रीले आफूले राजीनामा दिएको दुई महिना पुग्दा पनि सरकार गठन हुन नसक्दा अप्ठ्यारो परेको बताउदै राष्ट्रपति यावदलाई सवै दलसंग छलफल सुरु गरि निकास दिन पहल थालेको बताएका हुन ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार, प्रधानमन्त्री नेपालले ११ दलसंग छलफल सुरु गरिसकेको र अन्य दलसंग पनि बार्ता गर्न छिटो गतिरोध अन्त्य गर्नेबारे पहल अघि बढेको बताएका थिए ।
'दुई महिना सम्म सरकार नबन्दा मलाई अप्ठ्यारो भयो । छिटो भन्दा छिटो यो सरकार विहिनताको अवस्थालाई अन्त्य गर्न म लागेको छु' प्रधानमन्त्रीको भनाई उदधृत गर्दै पन्तले भने-'प्रधानमन्त्रीले अनमिनको म्याद थपको जानकारी पनि राष्ट्रपतिलाई गराउनुभयो ।'
प्रधानमन्त्री नेपालले असोज १० गते आठांै चरणको प्रधानमन्त्री निर्वाचनमा निकास दिने आफ्नो दलका अध्यक्षसहित सवै दलसंग गंभिर ढंगले छलफल गर्ने बताएका थिए ।
अनमिनको म्याद थपको चिठीबारे सरकार र माओवादीबीच थप कुराकानी भईरहेको बताउँदै प्रधानमन्त्री नेपालले दुई पक्ष बीच सहमती निस्केमा सयुक्त राष्ट्र संघलाई अर्को पत्र पठाईने जानकारी गराएका थिए । 'सेनालाई भईरहेको जटिलता समाधान गर्दै माओवादी लडाकुको समायोजन चाँडै सुरु गर्नुपर्ने बिषयमा कुराकानी भयो' पन्तले भने-'यसमा पनि समाधान खोज्ने प्रयास भईरहेको बारे प्रधानमन्त्रीले जानका गराउनुभयो ।'
भेटमा राष्ट्रपतिले सरकार बन्न नसक्दा शान्तिप्रकृया र संविधान निर्माणमा अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले सरकार निर्माणमा भईरहेको गतिरोधले चाडै निकास पाउनु पर्ने भन्दै प्रधानमन्त्रीलाई सहमतीका लागि पहल थाल्न आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । राष्ट्रपति यावदले सहमतीमा आउन यसअघि संविधानसभामा प्रतिनधित्व गर्ने सवै राजनीतिक दलसंग बार्ता समेत गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks