Loving nepal news

Monday, September 13, 2010

व्यापारीलाई पक्राउ गरेको बिरोधमा बजार बन्द

मनोज पौडेल

कपिलवस्तु, भाद्र २९ - फलफुल तथा तरकारी व्यापारीलाई पक्राउ गरेको भन्दै कृष्णनगर उद्योग बाणिज्य संघले सोमबार कृष्णनगर बजार बन्द गराएको । बन्दका कारण बजारका पसलहरु बन्द छन् भने सबारी साधनहरु पनि चलेका छैनन् ।

कृष्णनगरबाट फलफुल तथा तरकारी ब्यापारी द्वय धनन्जय सिंह र रियाजअहमद शाह तथा फलफुल ब्यापारी दिलिप यादबलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरि नबलपरासी प्रहरीलाई बुझाएको हो । नबलपरासी प्रहरीले ती ब्यापारीबाट केही बुझनु पर्ने छ भनी ईप्रका, कृष्णनगरलाई पत्र पठाए पछि यहाँबाट उनीहरुलाई नबलपरासी पठाईएको कृष्णनगरका नायब निरीक्षक मानसिंह ऐरीले बताए । प्रहरीले आईतबार साँझ ती ब्यापारीलाई नबलपरासी पठाएको थियो । उनीहरुलाई सिभिल डे्रसमा कपिलवस्तुबाट गएका प्रहरीले नबलपरासी पुर्‍याएका थिए ।

केही बुझनु छ भनी बोलाएर झुक्याई सोझै थुनामा राखेकाले बिरोध गर्दै बजार बन्द गरिएको ब्यापारी मुक्ती पोख्रेलले बताए । कृष्षनगर बजार जिल्लाको प्रमुख ब्यापरीक केन्द्र हो ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks