काठमाडौं, आश्विन ११ - मधेशी दलहरुले मतदाता परिचयपत्रका लागि नागरिकता प्रमाणपत्रलाई आधार बनाउने निर्वाचन आयोगको निर्णय गलत रहेको जिकिर गर्दै यसको प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
मतदाता परिचयपत्र बनाउन मुख्य आधार साविकको मतदाता परिचयपत्र वा अन्य प्रमाणलाई आधार वनाउनुपर्ने जनाएका छन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तीन वटा घटक दल मधेशी जन अधिकार फोरम (लोकतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै मतदाता परिचयपत्र प्रदान गर्ने मुख्य आधार मतदाता नामावलीलाई वनाउनुपर्ने नत्र यो अभियानलाई नै रोक्नुपर्ने माग समेत तेर्साइसकेका छन् ।
'यो मधेशको लाखौं व्यक्तिलाई मतदानबाट बञ्चित गर्ने राष्ट्रिय षड्यन्त्र हो', सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कान्तिपुरसँग भने- 'मतदानको लागि नागरिकता आधार हुन सक्दैन, मतदाता सुचीलाई मुख्य आधार मान्नुपर्छ नत्र लाखौ मधेशी मतदान विहिन परिचय मुक्त अवस्थामा पुग्छन् ।' महतोले मधेशमा धेरै संग नागरिकता नरहेको र उमेर पुगेका नयाँ मतदाताहरु नागरिकता प्रमाण पत्र नलिएको जिकिर समेत गरे ।
'यो मधेश विरोधी पुर्वाग्रही काम हो', मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव भन्छन्- 'वर्षौदेखि मतदान गरेर हालको संविधान सभा वनाउनेहरु समेत मतदानवाट बञ्चित हुने छन ।' यादवले नागरिकता मात्र नभई कुनै प्रमाण देखाउनेलाई मतदाता परिचय पत्र दिनुपर्ने बताए । यसो नगरिए पुनः मधेशमा हुने विद्रोहलाई थेग्ने क्षमतामा सरकार नरहेको दावी समेत गरे ।
सवै नेपालीले सहजै रुपमा नागरिकता पाई सकेको अवस्थामा मतदाता परिचय पत्रको लागि यसलाई आधार वनाए हुने उल्लेख गर्दै तराई मधेश लोकतान्त्रिक पार्टिका उपाध्यक्ष हृदयेश त्रिपाठी भन्छन् -'मधेशमा वुवा र आमाको नागरिकता छ तर सन्तान नागरिकताविहीन छन् ।' त्रिपाठीले भने-'जन्मसिद्घ नेपाली नागरिकक आमा र वुवाको सन्तान नागरिकता विहिन छन, उनिहरुलार्य नागरिकता लिन दुरुह भई रहेको छ ।'
उमेर पुगेका नागरिकको मतदान गर्न पाउनुपर्ने नैसर्गिक अधिकार रहेको उल्लेख गर्दै तमलोपा अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले हालसम्म मतदाता नामावलीमा समावेश भएका र प्रचलित व्यवस्थाअनुसार नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेका मतदाता हुन योग्य सबैलाई मतदाता परिचयपत्र प्रदान गर्नु पर्ने जनाएका छन । निर्वाचन आयोगद्वारा फोटोसहितको मतदाता परिचयपत्र जारी गर्ने क्रममा नागरिकता अभावमा उल्लेख्य मतदाता परिचयपत्र पाउनबाट वञ्चित भइरहेको उल्लेख गर्दै ठाकुरले यस्ताको नाम मतदाता परिचय पत्रबाट हटाउने कुरा लोकतान्त्रिक मान्यताविपरीत रहेको समेत जनाएका छन ।
फोरम (लोकतान्त्रिक)ले यो प्रकृया बन्द गर्न आफनो कार्यकर्तालाई निर्देशन समेत जारी गरी सकेको उल्लेख गर्दै बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले भने-'पहिले सवै नेपालीलार्य पार्टीको स्पष्ट धारणा छ ।' यादवले नागरिकता र मतदाता परिचय पत्र दुई फरक फरक कुरा रहेको उल्लेख गर्दै तत्काल नागरिकता समस्या समाधान गर्न सरल नभए साविकको आधारमा पहिलेको भोटलिष्टमा नाउँ उल्लेख भएका सवैको मतदाता परिचय पत्र दिनु पर्ने वताए ।
आजदेखि अवरोध
मधेशी जन अधिकार फोरमका भातृ संगठनले नागरिकता प्रमाण पत्रको आधारमा मतदाता परिचय पत्र वनाउने कार्यक्रमलाई सोमवार देखि तराईका सवै जिल्लामा अवरोध गर्ने निर्णय गरेका छन ।
'यो सताब्दीयौंदेखी मधेश लगायतका अन्य भौगोलिक क्षेत्रमा वसोवास गर्दै आएका नेपाली नागरिकताई मतदान गर्ने नैसर्गिक अधिकारवाट बञ्चित गर्ने गलत नियतले आएको हो', मधेशी युवा फोरमका अध्यक्ष योगेन्द्र राय यादव सवै भन्दा पहिले मधेशी, अचादिवासी र जनजातीलाई सुलभ रुपले नागरिकता वितरण गर्ने अभियानको मांग गर्दै अगाडी थपे-'नत्र हामी झापा देखी कन्चनपुर सम्मका जिल्लामा मतदाता नामावली र मतदाता परिचय पत्र वितरण गर्ने निर्वाचन आयोगको कार्यक्रमलाई सोमवार देखी अवरोध गर्ने छौं ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks