Loving nepal news

Monday, September 13, 2010

बजाज पल्सर स्पोर्टस अवार्ड आज

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र २९ - नेपाली खेलकुदको सर्वाधिक ठूलो पुरस्कार कार्यक्रम बजाज पल्सर स्पोटर््स अवार्डको ०६६ को संस्करण मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । विभिन्न विधामा अवार्डसँगै फेसन, नृत्य र अरू रंगीन कार्यक्रम प्रस्तुत हुनेछ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार प्रेस विज्ञप्ति जारी गरी सबै तयारी पूरा भएको जनाएको छ ।

खेलाडी, प्रशिक्षक र खेलकर्मीको सम्मानका लागि मञ्चले वाषिर्क आयोजना गर्दै आएको स्पोर्ट्स अवार्डमा यसपल्ट पारा-एथलिटसहित आठ विधा समावेश छन् । त्यसमध्ये पाँच विधामा पल्सर वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, प्रशिक्षक तथा लोकपि्रय खेलाडीको मनोनयन सार्वजनिक गरिसकिएको छ ।

लोकपि्रय खेलाडी विधामा सातजना र अन्य चार विधामा ५-५ जना मनोनयनमा छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ०६६ सालमा प्राप्त उपलब्धि र प्रदर्शनका आधारबाट यी चार विधामा एक-एकजना विजेताको घोषणा गरिनेछ । लोकपि्रय खेलाडी भने एसएमएस भोटिङका आधारमा बढी भोट पाउने खेलाडी विजयी हुनेछन् ।

अन्य तीन विधा पल्सर लाइभटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पारा-एथलिट अवार्ड कार्यक्रमका क्रममा घोषणा गरिनेछ । नेपाली खेलकुद विकासमा लगातार सक्रिय रहँदै आएका एक व्यक्तिलाई लाइभटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ । नेपाली खेल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने र विशेष योगदान पुर्‍याउने एक व्यक्ति वा संस्थालाई स्पेसल अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै शरीरिक रूपमा असक्षम रहँदारहँदै खेलकुदमा उच्च प्रदर्शन गर्ने एकजनालाई पारा-एथलिट अवार्ड दिइनेछ । बहुप्रतीक्षित र नेपाली खेलकुदको प्रतिष्ठित बजाज पल्सर स्पोटर््स अवार्डको पल्सर उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता कराँतेका सुनिल लामा र विनोद शाक्य, उसुका आङबाबु लामा, एथलेटिक्सका राजेन्द्र भण्डारी र क्रिकेटका पारस खड्का छन् ।

त्यस्तै पल्सर उत्कृष्ट महिला खेलाडीको प्रतिस्पर्धामा ११ औं सागकी स्वर्णपदक विजेता तेक्वान्दोको आयशा शाक्य, कराँतेकी गंगा अधिकारी, क्रिकेटकी नेरी थापा, फुटबलकी जमुना गुरुङ र टेबलटेनिसकी मुना वासुकला छन् । फुटबलकी अनु लामा, कराँतेकी अनु अधिकारी, क्रिकेटका राहुल विक र निश्चल पाण्डे र ११ औं सागकी स्वर्णपदक विजेता विनीता महर्जन पल्सर युवा वर्ष खेलाडीको मनोनयनमा छन् ।

पल्सर उत्कृष्ट प्रशिक्षकको मनोनयनमा क्रिकेटका रोय डायस, तेक्वान्दोका कोन योङ डाल, एथलेटिक्सका नारायण यादव, उसुका प्रकाश लामा र कराँतेका दीपक श्रेष्ठ छन् । लोकपि्रय खेलाडी विधामा एथलेटिक्सका राजेन्द्र भण्डारी,

उसुका आङबाबु लामा, फुटबलका सन्तोष साहुखल र जमुना गुरुङ, गल्फका रूपक आचार्य, तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटका शरद भेषावकर छन् ।

हंसराज हुलास चन्द एन्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डलाई आईएसएमई, सूर्य नेपाल, डिस नेपाल नेटवर्क प्रालि, टीएचटी लाइभ ३१३१, हन्ड्रेन्ड प्लस, टाइमेक्स, सामसुङ, बुद्ध एयर र गोकर्ण गल्फ रिसोर्टले सहयोग गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks