Loving nepal news

Monday, September 6, 2010

सभासद्लाई सर्वस्वसहित जन्मकैदको फैसला शान्ति सम्झौताको उल्लंघनः माओवादी

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र २१ - माओवादीले आफ्ना सभासद् बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कार्यान्वयन बृहत शान्ति सम्झौताको उल्लंघन हुने जनाएको छ ।

सोमबार पार्टी प्रबक्ता दीन नाथ शर्माले अन्तरिम संविधानको अभिन्न अंगको रुपमा रहेको शान्ति सम्झौतामा 'दुवै पक्षका विभिन्न व्यक्तिहरुलाई राजनीतिक कारणले लगाइएका आरोप, दाबी, उजुरी र विचाराधीन रहेका मुद्दा मामिला फिर्ता लिन र थुनामा राखेका बन्दीहरुको स्थिति तत्कालै सार्वजनिक गरी तुरुन्त रिहा गरिने ग्यारेन्टी गर्दछ' भन्ने उल्लेख गरिएको बिज्ञप्ति मार्फत जनाएका हुन् ।

'बृहत शान्ति सम्झौताको उल्लंघन गर्ने अधिकार राज्यका कुनै पनि अंगलाई रहँदैन' बिज्ञप्तिमा भनिएको छ, 'राज्यकै महत्वपूर्ण अंगबाट सम्झौताको उल्लंघन हुने गरी निर्णय हुनु दुःखद कुरा हो ।'

सोमबार पत्रपत्रिकाहरुले ढुङ्गेललाई जनयुद्ध कालमा गोली प्रहार गरी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको समाचार प्रकाशित गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks