काठमाडौ, भाद्र २८ - प्रधानमन्त्री माधवकुमार नेपालले नेपालका लागि राष्ट्रिय संघीय मिसन (अनमिन) को समय थप्नेबारे माओवादी लचिलो भएर आएकाले छिट्टै सहमति हुने बताएका छन् ।
प्रधानमन्त्रीको निजी निवास कोटेश्वरमा संचाकर्मीसंग सोमबार कुराकानी गर्दै प्रधानमन्त्री नेपालले अनमिनको समय थपबारे सहमति नभइसकेकाले थप छलफल गरेर सहमति हुने बताए । उनले छलफल सकारात्मक रहेको समेत उल्लेख गरे । लामो समय माओवादी लडाकालाई क्यान्टोनमेन्टमा राखेर मुलुकले आर्थिक भार थेग्न नसक्ने भन्दै उनले त्यसबारे चाँडो भन्दा चाँडो निकास निकालिने बताए ।
आइतबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी नेता र गृहमन्त्री भिमबहादुर रावलबीच अनमिनको म्याद थपबारे छलफल भएको थियो । दुवैपक्षबीच भएको छलफलमा सहमति नजुटेपछ शीर्ष नेतृत्वलाई विवाद टुग्याउने जिम्मा लगाएको थियो ।
साथै सोमबार प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बसेर यसलाई टुग्याउने सहमति भएको थियो । सहमति भइसकेपछि सरकारले अनमिनको म्याद थपबारे राष्ट्रसंघलाई पत्र पठाउने छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks