Loving nepal news

Saturday, September 4, 2010

'माओवादीद्वारा साँसद किन्न चिनीयाँसंग ५० करोड माग'

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र १९ - बिभिन्न नेपाली टेलिभिजन र त्यसैलाई उदृत गर्दै विभिन्न पत्रपत्रिकाहरुले माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले एक चीनियाँसंग प्रधानमन्त्री निर्वाचनमा साँसद किन्न ५० करोड रुपैयाँ रकम माग गरेको समाचार शनिबार प्रकाशित गरेको छ ।

प्रतिसाँसद एक करोड रुपैयाँको दरले ५० करोड रुपैयाँ माग गरिएको भन्ने उक्त समाचार र प्रसारित अडियो टेपको माओवादी नेता महराले खण्डन गरेको छ ।

महराको जस्तो आवाजमा सुनिने आवाज र एक चिनीयाँको भनेर प्रसारण गरिएको संवादमा महराले चिनीयाँसंगका आइतवार हुने प्रधानमन्त्री निर्वाचनका लागि थप ५० जना साँसदको आवश्यक पर्ने हुँदा प्रतिव्यक्ति एक करोड रुपैयाँका दरले ५० करोड रुपैयाँ आवश्यक परेको बताएका छन् ।

साथै नाम नबताइएको चिनीयाँ व्यक्तिले आफ्नो साथीले उक्त रकम उपलब्ध गराउन सकिने उल्लेख गर्दै हङकङमा भेट्ने कुरा तय भएको उल्लेख गरिएको छ ।

टेप र समाचार पहिलो पटक नेपाल वान नामक नेपाली च्यानलले प‍सारण गरेको थियो । उक्त टीभीको मुख्य कार्यालय भारतको नयाँ दिल्लीमा छ । त्यसैगरी जीन्युजलगायतका भारतीय टीभीले च्यानलले शुक्रबार नै प्रसारण गरेको थियो ।

माओवादी नेता महराले भने शुक्रबार नै बिज्ञप्ति जारी गरी आफ्नो र पार्टीको चरित्र हत्या गर्ने उद्देश्यबाट नक्कली टेप बनाएर प्रसारण गरिएको उल्लेख गरेको छ । साथै यसले राजनीतिक निकासका लागि पार्टीले गरिरहेको सकरात्मक पहललाई ध्वंस बनाउने उद्देश्यबाट प्रेरित रहेको उल्लेख गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks