Loving nepal news

Saturday, September 25, 2010

वन कार्यालयमा तालाबन्दी

दुर्गालाल केसी
दाङ, आश्विन १० - सामुदायीक बन उपभोक्ता महासंघ जिल्ला शाखा दाङले आइतबार जिल्ला वन कार्यलयमा तालाबन्दी गरेको छ । तालाबन्दीका कारण वन कार्यलयको कामकाज ठप्प भएको छ । वन ऐन २०४९ संसोधन मस्यौदाको खारेजी र बाँके राष्ट्रिय निकुञ्ज घोषणा फिर्ताको माग गर्दै तालाबन्दी गरिएको वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले जनाकारी दिए । बिहान १० बजेबाट शुरु भएको तालाबन्दी २ बजेसम्म जारी रहने सापकोटाले बताए । कार्यालयको मुल गेटमा ताला बन्दी भएपछि कर्मचारीहरु कार्यलयमा प्रबेश गर्न पाएका छैनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks