Loving nepal news

Sunday, September 5, 2010

युवती कुट्ने प्रहरी निलम्बनमा

कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र २० - राहदानी बनाउन गएकी एक युवतीमाथि कुटपिटको आरोप लागेका नारायणहिटी सुरक्षा गुल्मका सई लेखबहादुर कार्की निलम्बनमा परेका छन् । उनलाई महानगरीय प्रहरी आयुक्त कार्यालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा राहदानी बनाउन गएकी धरानकी उमा राईलाई मुखमुखै लागेको भन्दै कार्कीसहितको टोलीले गुल्मभित्र लगेर कुटपिट गरेको समाचार आएपछि आयुक्त कार्यालयले उनीमाथि कारबाही अघि बढाएको हो ।

आयुक्तले प्रहरीको दुई नम्बर गणका एसपी सुरेशविक्रम शाहको संयोजनमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई 'अविलम्ब' प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रवक्ता एसएसपी माधव नेपालले जानकारी गराए । उनका अनुसार छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा कार्कीमाथि कारबाही हुनेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks