Loving nepal news

Tuesday, September 21, 2010

डेनिस स्कुलमा पढाउदै नेपाली दम्पत्ती


सरस्वती कार्की

डेनमार्क , आश्विन ५ - नेपाली शिक्षक शिक्षिकाले पढाइरहदा कोपनहेगनस्थित डिभेक स्कुलका विद्यार्थीले सुझाब दिए 'नेपाली विद्यार्थीलाई पढ्न निकै गाहो रहेछ तर पनि पढ्नु पर्छ जसरी भएपनि पढ् ।'

'हामीलाई स्कुलमा समस्या छ जस्तो लाग्थ्यो' सात कक्षामा अध्ययरत स्टेपहामिक सन्टीलेनले भनिन् 'नेपाली विद्यार्थीको अबस्था देख्दा पढ्दा हामी त सुख सुविधाले पढ्न पाएका रहेछौ । ' नेपाली एक दम्पत्तीले यहाँका विद्यालयहरुमा पढाउन थालेका छन् ।

नेपालको ग्रामिण भेगका अति गरिब विद्यार्थीका लागि खाजा उपलब्ध गराइ विद्यालय पठाउने अभियान अन्तर्गत उनीहरु नेपाली खाना, शिक्षा र कला बारे पढाउछन् ।

मोरङ इन्द्रपुरका रंगकर्मी घिमिरे युवराज र उनकी श्रीमती लुना भट्टराइले तीन महिनादेखि पढाउन थालेका हुन् । 'नेपाली विद्यार्थीको अबस्था देखेर केही डेनिस नागरिकले यो अभियान थालेका हुन्' युवराजले भने 'सहयोग जुटाउन हामीले त्यसको सहजीकरण गरेका हौ ।' रंगकर्मी युवराज डेनमार्कमा नाटक बारे अध्ययन गरिरहेका छन् भने भट्टराइ डिपेन्डेटमा आएकी हुन् ।

कोपनहेगनका ५० वटा विद्यालयमा पढाउनुपर्ने उनीहरुले १० वटा विद्यालयमा पढाइसकेका छन् । छ कक्षादेखि दश कक्षासम्मका विद्यार्थीलाई पढाउने उनीहरुले एक विद्यालयको एउटा कक्षामा तीन घण्टा पढाउनुपर्छ ।

उनीहरुले नेपालको सरकारी विद्यालय र गरिव विद्यार्थीको अबस्थाको बृत्तचित्र देखाएर कक्षा संचालन गर्छन् । बृत्तचित्रको छलफलसंगै नेपालको बारे जनाकारी दिइन्छ । विद्यार्थीलाई समूह समूहमा राखेर शि्क्षासंग जोडेर नेपाली खाना बनाउन सिकाइने उल्लेख गर्दै शिक्षिका लुना भट्टराइले उनीहरुलाई चंगा बनाइराख्न नेपाली कला बारे अभ्यास गराइने बताइन् ।

पढाउदा अंग्रेजी भाषा नबुझेको अबस्थामा अभियानकी संयोजक आनेमेटे नोटफ्याक्कले डेनिस भाषामा उल्था गर्छिन । भोको पेटमा विद्यार्थीले पढ्न नसक्ने, अति गरिब बालबालिकालाई स्कुलमा खान दिइयो भने पढ्न जाने कुरालाई ध्यानमा राखेर पढाइ हुने नोटफ्याक्कले बताइन् । विद्यार्थीलाई दाल, भात, तरकारी र अचार बनाएन सिकाएर खान दिइन्छ । खानाको सामान संयोजक नोटफ्याक्कले खरिद गर्छिन् ।

नेपाली विद्यार्थीको अबस्था देखाएर डेनमार्कका शिक्षक, शिक्षिका, अभिभावकबाट स्वेच्छिक सहयोग संकलन गरेर नेपालका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले डेनमार्कका विद्यालयमा नेपाली शिक्षक शिक्षिकालाई पढाउन लगाइएको उनले बताइन् । 'एक क्रोनर सहयोग गरेभने दुइ जना नेपाली विद्यार्थीलाई एक दिनको नास्ता पुग्छ' उनले भनिन् । युवराज दम्पत्तीले पढाएवापत मासिक आठ हजार पाँच सय डेनिस क्रोनर पाउछन् ।

'नेपालको गाउँमा अति गरिब बालबालिका विद्यालय जान नपाएको देखेँ ' संयुक्त राष्ट्र संघको सर्भे र भारतको केही स्थानमा नास्ताले विद्यार्थी स्कुल जान थालेका विवरण पाएको उल्लेख गर्दै उनले भनिन् 'विद्यालय जान नपाएका नेपाली विद्यार्थीलाई स्कुल पठाउन यो अभियान सुरु गरेकी हुँ ।'

युवराजका अनुसार दुइ बर्षअगाडी रुपन्देहीकको सिंगाहा प्राथमिक विद्यालयमा नास्ता दिएर अभियान सुरु गरेकी उनले अहिले कपिलबस्तुको चारवटा विद्यालयलाई सहयोग गरिरहेकी छन् । अभियानमा छ जना डेनिस नागरिक र एक नेपाली घिमिरे युवराज छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks