Loving nepal news

Saturday, September 4, 2010

छैठौं चरणपछि एमाले तटस्थ नबस्नेः ओली * कार्यदेश घटाएर मात्र अनमिनको म्याद थपिनुपर्छ * मधेशी मोर्चाले माओवादीलाई मत दिने सम्भावना

सरोजराज अधिकारी

काठमाडौ, भाद्र १९ - एमाले नेता केपी ओलीले प्रधानमन्त्रीका लागि हुने छैठौं चरणको निर्वाचनपछि एमाले तटस्थ नबस्ने बताएका छन् । उनले सहमतिका लागि लिइएको अडान राम्रो भएपनि परिणाम सकारात्मक नआएका कारण तटस्थ बसिरख्न जरुरी नभएको बताए ।

उपचारका लागि दिल्ली पुगेर शनिबार बिहान स्देश फर्केका ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचाकर्मीसंग कुरा गर्दै भने-'अब बहुमतीय पद्धति बाटै सरकार निर्माण गरेर संविधान र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ ।' दिल्ली बसाईका क्रममा ओलीले प्रणव मुखर्जी,लालकृष्ण आडवाणी लगायतका वरिष्ठा भारतीय नेताहरुसंग भेटको स्रोतले जनाएको छ ।

२० गते हुने प्रधानमन्त्रीको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माओवादीलाई मत दिने हल्लाप्रति लक्षित गर्दै उनले भने-'त्यो पंक्चर भइसक्यो,मोर्चाले माओवादीलाई मत दिने कुनै सम्भावना छैन ।'

उनले सत्ता कब्जाको लक्ष्य बोकेको माओवादी नागरिक पार्टी नभएसम्म उसको नेतृत्वम सरकार बन्ने सम्भावना नरहेको दावी गरे । एमालेको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको प्रति आश्चर्य व्यक्त गर्दै उनले २४ गते बस्ने पोलिट ब्यूरो बैठकले तटस्थ बस्ने निर्णयलाई पुर्नविचार गर्ने बताए ।

अर्को प्रसंगमा उनले कार्यदेश घटाएर मात्र अनमिनको म्याद थपिनु पर्ने बताए । '६ महिनाका लागि अनमिनको निगरानीमा राखिएको नेपाली सेना ४ वर्ष भइसक्दा पनि उसको निगरानीमा छ,'उनले भने-'सेनालाई अस्तव्यस्त राख्न पाइदैंन ।' माओवादी र अनमिन नेपाली सेनालाई कमजोर बनाउने षडयन्त्रमा लागेको उनको आरोप थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks