काठमाडौ, भाद्र २० - राहदानी बनाउन परराष्ट्र मन्त्रालय पुगेकी एक युवतीलाई 'आदेश नमानेको' भन्दै त्यहाँ कार्यरत प्रहरी नायब निरीक्षकसहितको टोलीले पिटेर घाइते बनाएको छ ।
धरानकी ३२ वर्षीया उमा राईलाई महानगरीय प्रहरी नारायणहिटी सुरक्षा गारन गुल्मका सई लेखबहादुर कार्कीसहितले कुटपिट गरेका हुन् । सिंगापुर जान लागेकी आमाको राहदानी बनाउन जाँदा आफूलाई प्रहरीले परराष्ट्रको राहदानी लिने स्थानबाट भित्र गुल्ममा लगेर कुटपिट गरेको उनले बताइन् । कुटाइबाट उनको शरीरभरि चोट छ । सख्त घाइते राईले महानगरीय प्रहरी परिसर हनुमानढोकामा कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै उजुरी दिएकी छन् ।
बिहीबार आमाको राहदानी लिन बोलाएपछि परराष्ट्रमा लाइन बसिरहेका बेला आफूसहित अन्य व्यक्तिलाई प्रहरीले ठेलठाल गरेको उनले बताइन् ।
'बाहिर पानी परिरहेकाले आमालाई ओत लाग्ने ठाउँमा राखेका बेला जबर्जस्ती पठाउन खोजेका थिए,' राईले भनिन्, 'आमा भिज्छिन्, पानी रोकिएपछि जाने भन्दाभन्दै आमा र मलाई गुल्मभित्र लगेर आमाकै अगाडि पिट्यो ।'
आमा रुन/कराउन थालेपछि उनलाई बाहिर निकालेर आफूमाथि कुटपिट गरेको उनले बताइन् । 'बाहिर बसेका मेरा दिदी, भिनाजु र आमालाई भित्र आउन दिएनन्,' राईले भनिन्, 'दिउँसो साढे १ बजे बाहिरबाट महिला प्रहरीले जबर्जस्ती घोक्र्याउँदै लगेपछि कार्कीलगायत अन्यले पालैपालो पिटे ।'
उनले काठमाडौं परिसरमा कार्कीविरुद्ध जाहेरी दिंदै कारबाहीको माग गरेकी छन् । 'हट् भन्दाभन्दै किन अटेर गरेर बसेको भन्दै काँडा भएको (घुङगौरी) को लाठीले पिटे,' उनको उजुरीमा उल्लेख छ । आफूलाई पिट्नुको कारणसमेत थाहा नपाएको उनले बताइन् । 'मेरो गल्ती के हो भनेर सोध्दा 'घामट नि यो हाम्रो क्षेत्र हो, हामी जेसुकै गर्न सक्छौं, मुखमुखै लाग्छेस् भन्दै पिटे,' राईले भनिन् । भित्रपट्टीको खुला ठाउँमा र्सइ कार्कीसहित अन्यले पिट्दा अरू रमिते बनेको उनले बताइन् ।
'मुख छाडेर गाली गर्दै ममाथि कुटपिट भयो, हात माथि लगाएर उत्तानो पारी सुताएर पिटे । लगातार कुइना र घुँडा टेकाइदा उनको त्यहाँ चोट लागेको छ ।
र्राईमाथि कुटपिट भएको साढे तीन घन्टापछि गुल्म प्रमुख प्रहरी निरीक्षक भरतबहादुर कार्की आएर घटनालाई 'बिर्सिन' आग्रह गरेका थिए । 'सम्पर्ूण्ा कुरा भूलिदिनु भन्दै रजिर्स्र्टडमा हस्ताक्षर गर्न लगाए,' र्राईले भनिन् ।
नारायणहिटी सुरक्षा गारन गुल्म महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहतमा पर्छ । आयुक्तको कार्यालयका डीआईजीपी गंगा पाण्डेले भने यसबारे आफू अनभिज्ञ रहेको दाबी गरे ।
'प्रहरीबाट पिटिएको हो भने गलत काम भयो, मेरो जानकारीमा आएको छैन,' पाण्डेले भने, 'घटनाबारे बुझेर छानबिनपछि कारबाही प्रक्रिया अघि बढाउ“छौं ।'
गुल्म प्रमुख कार्कीले पिटिएकी र्राईले आफूलाई त्यसबारे जानकारी गराए पनि सामान्य घटना भनेर बेवास्ता गरेको स्वीकार गरे । 'ती बहिनीले मलाई सुनाइरहेकी थिइन्,' उनले भने, 'सम्झाएर पठाएको थिए“ ।'
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी एवं प्रवक्ता केदार ढकालले सेवाग्राहीले प्रहरीलाई दिक्क लगाएको हुनसक्ने दाबी गर्दै प्रहरीबाट त्यस्तो क्रियाकलाप गर्नु गैरजिम्मेवारी भएको बताए । उजुरी लिने क्रममा उनले र्राईको शरीरमा लागेको घाउचोट हेरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks