Loving nepal news

Tuesday, September 28, 2010

राष्ट्र बैकले ९ किलो मात्र सुन बेच्यो

कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन १२ - अपेक्षितभन्दा बढी मुल्यमा एक व्यवसायीले सुनको मुल्य कवोल गरेपछि मंगबलार राष्ट्र बैकले झन्डै ९ किलोमात्र सुन बेचेको छ । यस्तै बैकले सवा ३१ किलो चादी विक्री गरेको छ । तर बैकले मंगलबार १ सय किलोसम्म सुन बेच्ने योजना बनाएको थियो ।

राष्ट्र बैकले पहिलो पटक मंगलबार वोलकवोलमा सुन विक्री गरेको हो । तर एक व्यवसायीले बढी मुल्य कबोल गरेकाले किन्न नसक्ने भन्दै अनुमान गरिएको भन्दा ज्यादै न्यून परिणाममा मात्र मंगलबार सुन विक्री भयो ।

'मंगलबार ८ किलो ७ सय ८६ ग्राम सुन विक्री भयो,' बैकका प्रवक्ता गोपालप्रसाद काफ्लले भने, 'दुई जना व्यवसायीले यो सुन लिएका हुन ।' चादी ३१ किलो भन्दा बढी विक्री भएको उनले बताए । सुन किन्नका लागि सात जना व्यवसायी प्रत्यक्ष प्रतिस्पर्धा र दुई जना अप्रत्यक्ष प्रतिस्पर्धा मार्फत आएका थिए । त्यस्तै चादी किन्न ७ जनाले प्रतिस्पर्धा गरेका थिए । बैकले अन्तर्राष्ट्रि बजारमूल्यमा १ हजार थपगरि बोलकवोलका लागि न्यूनतम प्रतिकिलो ३१ लाख ११ हजार ९ सय ७९ (३६ हजार १ सय ८५) रुपैया मुल्य निर्धारण गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks