Loving nepal news

Saturday, September 4, 2010

पिसाब गर्दा पाँच महिनादेखि जेल

होम कार्की

काठमाडौ, भाद्र १९ - खाडी मुलुक जाँदै हुनुहुन्छ ? होस गर्नुस्, नत्र सानो भूलले पनि जेल सजाय भोग्नुपर्ने छ । दाङका मंगलबहादुर लामा यस्तै भूलले गर्दा पाँच महिना जेल सजाय भोगिरहेका छन् । उनले अझै कति समय जेलमा बस्नुपर्ने हो, त्यसको पनि टुंगो छैन ।

साउदी अरबको राजधानी रियादको गद्दा मर्केटनजिक पिसाब फेरिदिंदा उनी दण्डित भएका हुन् । 'चर्को गर्मीले पानी प्यास लागेको थियो, पानी निकै पिइएछ,' उनले जेलबाट फोनमा भने, 'पिसाबले च्यापेपछि रोक्नै सकिएन ।'

शौचालय बाहिर पिसाब गरे कारबाही भोग्नुपर्छ भन्ने ज्ञान उनलाई थियो । 'के गर्नु ? समस्या परेपछि उपायै निस्केन, थाम्नै सकिएन,' उनले भने ।

उनले गल्ती गरे पनि जेलरले मुद्दा सुनुवाइका लागि अझैसम्म अदालत पुर्‍याएका छैनन् । 'र्सार्वजनिक स्थलमा पिसाब फेर्दा कतिसम्म जेल बस्नुपर्ने हो, सजाय तोकिसकेको छैन,' उनले भने, 'पाँच महिना बितिसक्यो, अदालत लैजान्छन् कि भनेर पर्खेर बसेको छु ।'

२६ महिना अगाडि उनी बेकरीमा काम गर्थे । जेल जानुअघि मासिक २५ सय रियालमा कारपेन्टिङको काम गरिरहेका थिए । उनी रियादको अलहायर जेलमा छन् । उनीसहित १० जना नेपाली कामदार लामो समयदेखि जेल सजाय भोगिरहेका छन् । 'यहाँ हामीले जेल सजाय भुक्तान गरिसके पनि घर जान दिइएको छैन,' काभ्रेका हीराराम तामाङले भने, 'हाम्रो पक्षमा कोही नबोलिदिँदा सजाय सकिसकेपछि पनि बसिराख्नुपरेको छ ।'

तामाङका अनुसार अलहायरको ५ नम्बर ब्लकको कोठा नम्बर २२ मा महेशसिंह चौधरी, राजु श्रेष्ठ, देवराज र्राई, लक्ष्मण तामाङ, टेकबहादुर पहाडी, समरसिं सारु, हर्षहादुर गुरुङ र अमरबहादुर ओली छन् । उनीहरू झगडा, मादकपदार्थ सेवनजस्ता घटनामा पक्राउ परेका हुन् ।

हीरारामलाई अदालतले दर्ुइ वर्षो सजाय सुनाइए पनि जेलमा बस्दा ३५ महिना बितिसकेको छ । त्यस्तै चार महिनाको सजाय सुनाइएका देवराज ४ महिनाभन्दा बढी, एक वर्षो सजाय सुनाइएका लक्ष्मण र हर्षहादुर ८ महिना बढी, १४ महिनाको सजाय सुनाइएका अमरबहादुर १५ महिना बढी र दर्ुइ वर्षो सजाय सुनाइएका महेशसिंह एक वर्षबढी जेलमा सजाय भोगिरहेका छन् ।

पीडित कामदारका अनुसार दूतावास आएर प्रहरीलाई दबाब नदिँदा उनीहरूलाई यस्तो अवस्थामै राखिएको हो । 'हामी दूतावासलाई बारम्बार अनुरोध गर्दै आइरहेका छौं,' तामाङले भने, 'तर सुनुवाइ भइरहेको छैन । साउदी दूतावासले भने साउदीका धेरै जेलमा पुग्नुपर्ने हुँदा सबै जेलमा रहेका कामदारका माझ पुग्न नसकिरहेको बताएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks