Loving nepal news

Thursday, September 2, 2010

प्रहरी कारबाहीमा २ को मृत्यु

कान्तिपुर संवाददाता

सर्लाही, भाद्र १७ - प्रहरीको गोली प्रहारवाट अघि साँझ सर्लाहीको भक्तिपुर गाविसमा पर्ने जंगल क्षेत्रमा दुई जना मारीएका छन् । प्रहरी गस्तीमाथि फायरीङ भएपछि दोहोरो भिडन्तमा नाम नखुलेका दुईजना मारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले गस्ती गर्दै सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा पुगेको प्रहरी माथी गोली हानेपछि भएको जवाफी कारबाहीको क्रममा घट्नास्थलमै पहिचान हुन नसकेका दुई जनाको मृत्यु भएको बताए । गोली हान्ने समुहका अन्य ब्यक्ति भागेको र प्रहरीले खोजी जारी राखेको उनले जानकारी दिए ।

मारिएका ब्यक्तिको साथवाट एउटा दुई नाले सानो हतियार र ५ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतले उनीहरु भुमिगत सशस्त्र समुहका सदस्य हुन सक्ने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks