Loving nepal news

Friday, September 10, 2010

एक व्यक्तिद्वारा दलिनमा झुडिएर आत्महत्या

रविन भट्टराई/ताप्लेजुङ २५ भदौ

ताप्लेजुङको फुङ्लिङ्ग गाविसमा विहिबार राति एक व्याक्तिले झुण्डिएर आत्महत्या गरेका छन्। फुङ्लिङ्ग गाविस वाडा नं. ३ निवासी ५५ वर्षीय हरीलाल मोक्तानले छिमेकी विरबहादुर परीयारको घरको दलिनमा नाम्लोको पासो लगाई झुडिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।
प्रहरीका अनुसार हिजो अलैची टिप्न घरबाट हिडेका मोक्तानलाई परिवारले राति ८ वजे परीयारको घरमा झुण्डिरहेको अवस्थामा फेला पारेका थिए। मोक्तानलाई अहिले पोस्टमाटमको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ। मृतक मोक्तानको शरीर भरी निल र डाम देखिएको कारण परीवारले भने कसैले हत्या गरी झुण्डाईएको आसङ्का गरेका छन्।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks