Loving nepal news

Wednesday, September 29, 2010

आज पनि एक्लो दौड


कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन १४ - प्रधानमन्त्री चयनका लागि सदनमा बिहीबार नवौं चरणको निर्वाचन हुँदै छ । सातौं पटकको असफलतापछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल पछि हटेकाले मैदानमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल एक्लै छन् । आठौं निर्वाचनमा जस्तै यसपटक पनि माओवादी र एमालेको गरी बहुमत सभासद मतदानको प्रक्रियामा सहभागी हुने छैनन् । स्रोतका अनुसार कांग्रेसलाई सहयोग गर्दै आएका राप्रपा र राजपाले पनि बिहीबार मतदान नगर्ने मनस्थिति बनाएका छन् ।

माओवादी र एमालेले नयाँ प्रक्रिया सुरु गर्न पौडेललाई उम्मेदवारी फिर्ताका लागि आग्रह गर्दै आएका छन् । पौडेलले भने शान्ति र संविधान निर्माणमा सहमति नभएसम्म उम्मेदवारी फिर्ता नगर्ने अडान राख्दै आएका छन् । संसद् नियमावली अनुसार मतदानको प्रक्रियामा गइसकेपछि उम्मेदवार एक्लै भए पनि प्रधानमन्त्री निर्वाचित हुन बहुमत सभासदको समर्थन आवश्यक पर्छ । पौडेलले बहुमत जुटाउने सम्भावना नभए पनि उनले फिर्ता नलिएसम्म नयाँ प्रक्रिया सुरु हुन सक्दैन । माओवादी र एमालेले आफूहरूसँग बहुमत सभासद (३ सय ४५) रहेको जनाउ दिँदै सभामुख सुवास नेम्वाङलाई विशेषाधिकार प्रयोग गरेर भए पनि नयाँ प्रक्रियामा जान दबाब दिँदै आएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks