कान्तिपुर संवाददाता
काठमाडौ, आश्विन ४ - सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीका दुवै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएसम्म नयाँ प्रक्रियामा जान नमिल्ने बताएका छन् । सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटपछि संचारकर्मीसंग कुरा गर्दै उनले अहिलेको निर्वाचन प्रक्रिया नरोकिएसम्म नयाँ प्रक्रियामा जान नमिल्ने बताए । 'निर्वाचन प्रक्रिया अगाडि बढेको छ,'उनले भने-'यस्तो अवस्थामा संसद नियमावली संशोधन गर्न मिल्दैन ।' दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर मैदान खाली गरे मात्र निर्वाचन प्रक्रिया टुङ्गिने उनको भनाई छ । दुवै जनाले उम्मेदवारी फिर्ता लिएपछि मात्र दलहरुसंग छलफल गरेर नयाँ आधार तय गर्न उनले बताए ।
प्रधानमन्त्री पदका दावेदार माओवादी अध्यक्ष दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका छन् । उनले त्यसको औपचारिक जानकारी सभामुखलाई गराएका छन् । आफ्नो उम्मेदवारी फिर्तापछिको प्रक्रियाबारे दाहालले सभामुखसंग परामर्श गरेका थिए । प्रधानमन्त्रीका लागि अर्का प्रत्यासी नेपाली काँग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल छन् । संसदमा सात पटक भएको निर्वाचनमा दुवै उम्मेदवार मध्ये कसैले बहुमत ल्याउन नसकेपछि दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks