गोरखा, भाद्र २१ - आइतबार साँझ र सोमबार बिहान गरी गोरखाका छुट्टा छुट्टै स्थानमा दुई ब्यक्ति मृत अबस्थामा फेला परेका छन् ।
गोरखा नगरपालिका ८ बस्ने मिल बहादुर सिर्मल र देउराली ७ का कृष्ण बहादुर अधिकारी दुई छुट्टा छुट्टै स्थानमा शव भेटिएको गोरखा प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक केदार खनालका अनुसार सिर्मलको अत्याधिक मदिरा सेवनबाट मृत्यू भएको हो । अधिकारी मृत्यूको बिषय भने खुल्न बाँकी रहेको निरिक्षक खनालले बताए । सिर्मल नगरपालिको दलभञ्ज्याङ स्थीत कच्ची सडकमा हिजो साझ मृत अबस्थामा फेला परेका हुन् ।
अधिकारी भने गोरखा सदरमुकाम आउने सडकखण्डको आँबुखैरेनीस्थीत पुलमा फेला परेका हुन् । उनी तनहुँको आँबुखैरेनी क्षेत्रमा भारी बोकेर जीविकोपार्जन गर्ने गरेको खुल्न आएको छ । सामान्य रुपमा उनका मानसिक अबस्था समेत ठिक नभएको प्रहरीले जनाएको छ । मृत्यु भएका सिर्मलको पोष्टमार्टम गरी आफन्तलाई बुझाईसकेको र अधिकारीको भने पोष्टमार्टम हुदै गरेको निरीक्षक खनालले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks