काठमाडौं, २५ भाद्र (दैनिकी)
एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि स्थगित भएको छ । प्रधानमन्त्री निर्वाचनका सम्बन्धमा उम्मेदवारी फिर्ता लिई सहमतिको प्रयास गर्ने कि अहिले कै अवस्थामा आउँदो निर्वाचनमा प्रतिस्पर्धा गर्ने विषयमा मतभिन्नता भएपछि बैठक स्थगित भएको माओवादी स्रोतले जनाएको छ । प्रचण्ड निबास नयाँबजारमा शुक्रबार विहान बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री निर्बाचनको विषयमा नेताहरुबीच मतभिन्नता भएपछि बैठक स्थगित भएको हो । उपाध्यक्षद्वय मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराई लगायतले उम्मेदवारी फिर्ता लिएर नयाँ प्रकृयामा जानुपर्ने पक्षमा हुनुहुन्छ ।
बैठक हिजो पनि तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल लगायत उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिने कार्यक्रम थियो । बैठक २६ गते शनिबार बस्ने माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks