Loving nepal news

Wednesday, September 22, 2010

मदन र जगदम्बा श्री पुरस्कार घोषणा

अनमोलमणि पौडेल

काठमाडौं, आश्विन ६ - मदन पुरस्कार गुठीले विस २०६६ सालको मदन पुरस्कार बैतडीका नरबहादुर साउँदलाई प्रदान गर्ने भएको छ ।

'नेपालका बालीनाली तिनको दिगो खेती' पुस्तकका लागि साउदलाई मदन पुरस्कार दिइएको हो । साझा प्रकाशनले प्रकाशित गरेको उक्त कृति ९ सय ६० पृष्ठको छ ।

यसैगरी २०६६ सालको जगदम्बा श्री पुरस्कार जनकपुरका डा. राजेन्द्र विमललाई प्रदान गर्ने निर्णय गुठीले गरेको छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks