Loving nepal news

Thursday, September 16, 2010

पुथ्वी राजमार्गमा पहिरो/हजार भन्दा बढी सवारी अलपत्र

दीपेन्द्र बडुवाल

भरतपुर, आश्विन १ - चितवन अन्तर्गत पृथ्वी राजमार्गको मुग्लिन-मलेखु खण्डको दारेचोक गाबिस ९ स्थित फिसलिङमा शुक्रबार बिहान गएको ठूलो पहिरो हटाउन मुश्किल परेको छ । ठूला ढुंगा झरेकाले साना डोजरले काम गर्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय मुग्लिनले पहिरो हटाउन ठूलो डोजर माग गरिएको जनाएको छ । धादिङको गजुरी, मुग्लिन र सिमलतालको डोजरको प्रयास खेर गएको छ । डोजरले ढुंगा हटाउन नसके विष्फोट गराउनु पर्ने प्रहरीले जनाएको छ । पहिरोले बिहानै देखि राजधानी तर्फ जाने र फर्किने १ हजार भन्दा सवारी साधन अलपत्र परेका छन् । एक साता यता लगातार परिरहेको पानीका कारण पहिरो झरेको प्रहरीले जनाएको छ ।

महाधिबेशनका लागि राजधानी जाँदै गरेका काँग्रेस कार्यकर्ता सवार दर्जनौं सवारी पनि जाममा परेका छन् । पहिरो हटाउन समय लाग्ने मुग्लिन प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks