Loving nepal news

Thursday, September 16, 2010

राष्ट्रपति आज सुनसरीमा

अबधेशकुमार झा

इनरुवा, आश्विन १ - राष्ट्रपति डा.रामवरण यादब शुक्रबार सुनसरी आउने भएका छन् । सुनसरीको चतरामा निर्माण भएको कुम्भ स्तम्भको अनावरण र विद्धत सम्मेलनको उदघाटनका लागि उनी आउन लागेका हुन् ।

अपरान्ह साढे १ बजे हेलिकप्टरबाट सुनसरीको चतरा आउने राष्ट्रपति त्यहाँ एक घण्टा रहने प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपालियाले जानकारी दिए । उक्त अबधिमा राष्ट्रपति यादबले कुम्भ स्तम्भको अनावरण गर्नुका बराहक्षेत्रको सास्कृतिक सम्पदा नामक पुस्तक जगतगुरु महाराज श्री नाम पुस्तकको बिमोचन समेत गर्ने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमणलाइ ध्यानमा राखी सुनसरीको सुरक्षा व्यबस्था कडा पारिएको छ । राष्ट्रपति भएपछि डा. यादब दोश्रो पटक सुनसरी आउन लागेका हुन् । यसअघि उनी २०६५ साल भदौमा पश्चिम कुसहामा कोसीको पूर्वी तटबन्ध भत्किदा पीडितहरुको अबस्था बुझन सुनसरी आएका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks