Loving nepal news

Thursday, September 16, 2010

प्रचण्डले आफ्नो उमेदवारी फिर्ता लिने सहमति प्रचण्डले उमेदवारी फिर्तासँगै एमाले र माओवादीले अब हुने निर्वाचन प्रक्रियामा सहभागी नहुने

काठमाडौ १ असोज (दैनिकी)

प्रधानमन्त्रीका प्रत्यासी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उमेदवारी फिर्ता लिनु हुने भएको छ । आज विहान गैरिधारमा भएको एकीकृत नेकपा माओवादी र नेकपा एमालेका शिर्ष नेताहरुवीचको बैठकमा त्यस्तो सहमति भएको हो । उक्त छलफलमा प्रधानमन्त्री माधबकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्ड उपाध्यक्ष त्रय मोहन बैद्य बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठ रामबहादुर थापालगायतका शिर्ष नेताहरुको सहभागिता रहेको थियो । बैठकमा प्रचण्डले उमेदवारी फिर्तासँगै एमाले र माओवादीले अब हुने निर्वाचन प्रक्रियामा सहभागी नहुने र नेपाली काग्रेसलाई पनि उमेदवारी फिर्ता लिएर सहमतिको नयाँ प्रक्रियाको थालनीमा सहयोग पुर्याउन आग्रह गरेको छ । बैठकमा भएको तीन बुँदे सहमतिमा दुई पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेको बताईएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks