Loving nepal news

Saturday, September 18, 2010

३६ घन्टापछि बल्ल एकतर्फी खुल्यो


कृष्ण आचार्य

दारेचोक (चितवन), आश्विन ३ - पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविसमा दुई दिनअघि पहिरो झरेपछि रोकिएको सडक शनिबार साँझबाट एकतर्फी सञ्चालनमा आएको छ ।

एकपछि अर्को पहिरो झर्नाले सडक करिब ३६ घन्टासम्म अवरुद्ध भएको हो । चट्टान झरेर सडकमाथि खातैखात बनेको थियो । पहिरो हटाउन दुईवटा एक्साभेटर (ढुंगा फुटाउने डोजर) प्रयोग गरिएका थिए । सशस्त्रका ८, नेपाल प्रहरीका ८, ट्राफिक प्रहरी दुई र सडक डिभिजन कार्यालय भरतपुरका २० कर्मचारी खटिएका प्रहरीले जनायो । पहिरो झरेलगत्तै हटाउन नसकेपछि शुक्रबार साँझ र शनिबार बिहान हेटौंडा र धादिङबाट दुइटा एक्साभेटर झिकाइएको थियो ।

दुवै मेसिनले दुईतिरबाट काम गरेपछि आइतबार साँझबाट पहिरो पन्छाउन सकिएको प्रहरी नायब निरीक्षक विनोद धितालले बताए । अहिलेसम्म राजमार्गमा चट्टान फोड्ने एक्साभेटर प्रयोग गरिएको यो पहिलोपटक हो । यस्तो प्रकारको पहिरो कहिल्यै नझर्ने गरेकाले उक्त मेसिन झिकाउन समय लागेको डिभिजन कार्यालय मुग्लिनका इन्जिनियर वीरेन्द्र गौतमले बताए ।

ढुंगाको गारो लगाएर चट्टान अड्याइएको थियो । उक्त गारो खसेपछि खण्ड-खण्ड भएर चट्टान झरेको गौतमले बताए । 'सामान्य प्रकारका पहिरो कैयौं र्झछन् । तर पृथ्वी राजमार्गमा यस्तो पहिलोपटक हो,' उनले कान्तिपुरसँग भने, 'एउटा एक्साभेटरले काम गर्न

नसकेपछि अर्को पनि भाडाको मगाएका हौं ।'

शुक्रबार बिहान गएको पहिरोले हजारौं मालवाहक ट्रक, सवारी र यात्रु अलपत्र बने । दुई दर्जन ट्रकमा ल्याइएको भैंसीको बिचल्ली परेको थियो ।

पहिरो हटाउँदै समय-समयमा यात्रु ओहोरदोहोर गराइएको धितालले बताए । 'एकतर्फी बाटो खुलाए पनि अवस्था हेर्दा पुनः र्झन सक्नेछ,' उनले भने, 'एकतर्फी खुल्नु र नखुल्नु यात्रुका लागि जस्ताको तस्तै हो ।'

सडक एकतर्फी रूपमा मात्र खुलेको हुनाले राम्रो गरी सवारी गुड्न नसकेको प्रहरीले जनाएको छ । पहिरो गएको क्षेत्र राम्रो गरी मर्मत गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks