Loving nepal news

Friday, September 10, 2010

बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध * बाढीले बृद्ध दम्पत्तिलाई बगायो


कान्तिपुर संवाददाता

म्याग्दी, भाद्र २६ - शुक्रवार राति १० बजे राहुघाट खोलामा आएको बाढीले पिप्ले गाविस-१ गलेश्वरका ७३ बषिर्य गमबहादुर र उनकी श्रीमति ६७ बषिर्या विजुला शाहीलाई भाग्ने क्रममा बगाएको छ । उनीहरु अहिलेसम्म बेपत्ता छन् ।

सदरमुकाम बेनीदेखि तीन किमी उत्तर गलेश्वर स्थित राहुघाट खोलामा राती एक्कासी बाढी आएपछि किनाराका बस्तीबाट भागदौड गर्ने क्रममा दम्पत्ति घर छेउको डिलसहित भेलमा खसेका थिए । बाढीले नजिकै गायत्रीमन्दीर छेउको बृद्धाश्रमको कुटीपनि बगाएको छ ।

त्यसैगरी राहुघाटखोलाले बेनी-जोमसोम सडकको केही भाग बगाएकोले यातायात अवरुद्ध भएको छ । बाढीले राहुघाट खोलामाथी निर्मित ट्रष्टवि्रजको फाउण्डेसनको वरपरको सवै भाग बगाएकोले पुल जीर्ण अवस्थामा छ भने नजिकै करिव ३० मीटर सडक पहरासहित बगाएपछि यातायात अवरुद्ध भएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks