Loving nepal news

Tuesday, September 7, 2010

चालीस निजामती कर्मचारीलाई पुरस्कार

बलराम बानियाँ

काठमाडौ, भाद्र २२ - सरकारले उत्कृष्ट कार्य गर्ने ४० जना निजामती कर्मचारीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार दिएको छ । निजामती सेवा दिवस पारी सरकारले मंगलबार जनही १ लाख रुपैयाँको उत्कृष्ट पुरस्कार १० जना तथा जनही ५० हजार राशिको पुरस्कार ३० कर्मचारीलाई प्रदान गरेको हो । यसपटक पनि २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट पुरस्कार भने कुनै पनि कर्मचारीलाई दिइएन । २०५५ सालदेखि निजामती पुरस्कार दिन थालिए पनि हरेक वर्ष एकजनालाई दिइने यो सर्वोत्कृष्ट पुरस्कार हालसम्म कसैलाई दिइएको छैन ।

उत्कृष्ट पुरस्कार पाएकामा सहसचिव दिनेश थपलिया (स्थानीय विकास), उपसचिव वसन्त मानन्धर (क्षेत्रीय पशु तालिम केन्द्र), शाखा अधिकृत सूर्यबहादुर खत्री (जिल्ला शिक्षा कार्यालय मुगु), शाखा अधिकृत पवित्रा यादव (घरेलु कार्यालय), इन्जिनियर प्रेमप्रसाद डोटेल (खानेपानी कार्यालय रुकुम), शाखा अधिकृत कुलशोभा शाक्य (प्राकृतिक सम्पदा अनुसन्धान कार्यालय), कम्प्युटर अपरेटर दीक्षित भण्डारी (सर्वोच्च अदालत), सवारी चालक शम्भु नायजु (गृह मन्त्रालय), कार्यालय सहयोगी दिलबहादुर बिष्ट (तथ्यांक कार्यालय, बाजुरा), गाविस सचिव इन्द्रकुमार श्रेष्ठ (बबरगन्ज गाविस, सर्लाही) छन् । श्रेष्ठलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो ।

निजामती सेवा पुरस्कार पाएकामा उपसचिवहरू खड्गबहादुर राना (महिला मन्त्रालय), सूर्यप्रसाद शर्मा (युवा मन्त्रालय), उपसचिव वासुदेव न्यौपाने (कानुन मन्त्रालय), रामादिन यादव (स्थानीय विकास अधिकारी, पर्सा) भुवनसिंह थापा (जिल्ला अदालत झापा), सिनियर डिभिजनल इन्जिननियरद्वय केदारमान प्रजापति (राष्ट्रिय सतर्कता केन्द्र), श्यामकिशोर सिंह (भवन कार्यालय सप्तरी), उपमहान्यायाधिवक्ता शंकर राई (महान्यायाधिवक्ताको कार्यालय) छन् ।

त्यसैगरी उपसचिव हरिशचन्द्र घिमिरे (परराष्ट्र मन्त्रालय), शाखा अधिकृतहरू डिल्लाराम बाँस्तोला (सूचना तथा सञ्चार), झंकनाथ शर्मा (प्रधानमन्त्री कार्यालय), दिलीपकुमार गौतम (आन्तरिक राजस्व कार्यालय धनगढी), रामगोपाल श्रेष्ठ (अख्तियार), भूपबहादुर पुन (जिल्ला प्रशासन कार्यालय प्युठान), कम्प्युटर अधिकृत अम्बिका बेल्वासे (नेपाल कानुन आयोग), नायव सुब्बा शोभायल्मु लामा (योजना आयोग), लेखा परिक्षण अधिकृत टिकानाथ अर्याल (महालेखा परिक्षकको कार्यालय), कम्प्युटर अपरेटर प्रेमराज भट्ट (जिल्ला निर्वाचन कार्यालय कैलाली), सव-इन्जिनियर अनिलकुमार महतो (सिंचाइ कार्यालय दार्चुला) ले निजामती सेवा पुरस्कार पाएका छन् ।

निजामती पुरस्कार पाएकामा लेखापाल नारायण मानन्धर (कौषी तोषाखाना कार्यालय), खरिदारद्वय सत्यनारायण शर्मा (जनस्वास्थ्य कार्यालय सप्तरी), भवीन्द्र तामाङ (जिल्ला प्रशासन कार्यालय झापा), लिथो सहायक ऋषिप्रसाद खतिवडा (सामान्य प्रशासन), सहायक वन रक्षक नवराज सापकोटा (जिल्ला वन कार्यालय मकवानपुर), कार्यालय सहयोगीहरू यामबहादुर लामा (पर्यटन मन्त्रालय), रामकुमार आले (भूमिसुधार विभाग), बहादुर चौधरी (राष्ट्रिय चरन फारम र्सलाही), सुनिता चौधरी (शैक्षिक जनशक्ति विकास केन्द्र), टंक दाहाल (कोष तथा लेखा नियन्त्रक कार्यालय, तेह्रथुम) र शेरबहादुर भुजेल (लोकसेवा आयोग, क्षेत्रीय कार्यालय धनकुटा) छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks