Loving nepal news

Thursday, September 23, 2010

पुर्वी पाल्पामा भाइरल ज्वरोको प्रकोप * चार दिन देखि विद्यालय बन्द

माधब अर्याल

पाल्पा, आश्विन ८ - भाइरल ज्वरोका कारण पाल्पाको पूर्व गल्धा गाँउ विकास समितिको सरस्वती उच्च माध्यामिक बिद्यालय पाँच दिन देखि बन्द गरिएको छ ।

विद्यालयले आइतवार मात्रै विद्यार्थीलाई बोलाएको छ । एक हप्तादेखि लगातार विद्यार्थी र शिक्षकमा ज्वरो आउने, टाउको, घाटी दुख्ने, रिगंटा लाग्ने समस्या देखिएपछि मंगलबारदेखि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त गैरेले बताए ।

विद्यालयका २ सय भन्दा बढी विद्यार्थी र शिक्षकमा भाईरल ज्वारोको समस्या देखिएको थियो । शिक्षक र विद्यार्थीमा भाइरल प्रकोप देखिएपछि बाध्य भएर बिद्यालय बन्द गर्नु परेको हो । बिद्यालयमा र गाउमा समेत भाईरल ज्वारोको प्रकोप देखिएको छ ।

विद्यालय र गाउँमा समेत भाईरल ज्वारो देखिएपछि उपस्वास्थ्य चौकी गल्धामा औषधी अभाव भएको स्वास्थ्य चौकीका गणेश कुमार गैरेले बताउनुभयो । गाउँमै रहेका स्वास्थ्य चौकी प्रमुख औषधी लिन सदरमुकाम तानसेन गएपछि पियनले बिरामी जाच र औषधी वितरण गरेका छन् ।

विरामी आएपछि फर्काउन नहुने बताउदै गल्धा उपस्वास्थ्य चौकीमा कार्यरत पियन मान बहादुर सारुले आफै औषधी दिने गरेको बताउनुभयो । एमोक्सीसिलिन, सिटामोल औषधी दिएको सारुले बताए ।

लगातार बर्षाका कारण बाटो पहिरो गएकाले औषधी ल्याउन कठिन भएको छ । मौसम परिर्वतन, दुषित पिउने पानीका कारण टाइफाइड, ज्वरो फैलिएको छ । मौसम परिर्वतनसगै असारको अन्तिम सातादेखि फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आएको छैन । लगातारको वर्षाले मोटरबाटो अवरुद्ध हुदा र समयमै वाटो मर्मत नगरिदा नियमित सवारी संचालन हुन नसक्दा रामपुरमा रहेको प्राथमिक स्वास्थय केन्द्र र सामुदायिक अस्पतालमा बिरामीलाई घण्टौ बोकेर ल्याउनुपर्ने बाध्यता छ । पाल्पाकै सहलकोट, रामपुर, खालीवन, दर्छा, मित्याल लगायतका स्थानमा समेत भाईरल ज्वरोको प्रकोप बढ्दो रहेको छ । बाटो अवरुद्ध भएका कारण स्वास्थ्य र उपस्वास्थ्य चौकीमा औषधी पुग्न सकेको छैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks