Loving nepal news

Monday, September 6, 2010

नौ युवा नेताद्वारा उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र २१ - एक सातापछि हुने महाधिवेशनका लागि कांग्रेसका नौ युवा नेताले सोमबार उम्मेदवारी घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकाश कोषका सदस्य सचिव सुशील नहटासहित नौ नेताले उम्मेदवारी घोषणा गरेका हुन् । नहटासहित युवा नेताहरु रोमी गौचन थकाली, विनयध्वज चन्द, तारानाथ रानाभाट, भिष्मराज आङदाम्बे, ओमकार श्रेष्ठ, दिलमान पाखि्रन, शुक्रराज शर्मा र मानबहादुर विश्वकर्माले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका हुन् ।

कांग्रेस महाधिवेशनका लागि अहिलेसम्म केन्द्रीय सदस्यमा राजधानी बाहिरसमेत गरी झण्डै दुई सयले उम्मेदवारी घोषणा गरिसकेका छन् । कांग्रेसको बाह्रौं महाधिवेशन आगामी असोज १ देखि ५ गते सम्म राजधानीमा हुँदैछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks