Loving nepal news

Sunday, September 26, 2010

ज्ञानेन्द्रलाई धार्मिक कार्यक्रममा रोकेकोमा पारसको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौं, आश्विन १० - पूर्व राजा ज्ञानेन्द्रलाई धार्मिक कार्यक्रममा कार्यक्रममा सहभागी हुन नदिएकोप्रति छोरा पारसले आपत्ति जनाएका छन् ।

आइतबार नर्भिक अस्पतालमा उपचार गराइरहेका कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईलाई भेटेपछि पूर्व युवराज पारसले यस्तो प्रतिक्रिया दिएका हुन् । 'सरकारले भनेपछि हामी त 'गुड सिटिजन'ले 'फलो' त गर्नुपर्‍यो,' उनको प्रतिक्रिया थियो ।

पूर्व युवराज पारसले धार्मिक कार्यमा रोक लगाउनु राम्रो हो वा होइन भन्ने कुरा सरकारलाई नै सोध्न आग्रह गरे । 'धार्मिक कार्यमा रोक लगाउनु हुन्छ कि हुँदैन भन्ने कुरा सरकारलाई नै सोध्नुहोस् न,' उनले भने, 'तर मेरो विचारमा आम नागरिक धर्म गर्न चाहन्छ भने उसलाई दिनुपर्दछ ।'

भट्टराई अझै पनि संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका छन् । पार्टी 'गणतान्त्रिक' भएकोप्रति चित्त दुखाउँदै उनी कांग्रेसको १२ औं महाधिवेशनमा पनि गएनन् ।

वसन्तपुरस्थित तलेजु मन्दिरमा ९ पूर्व जिवित देवी कुमारी र ५०४ कन्यालाई पूजा अर्चना गरी सम्मान गर्ने कार्यक्रममा 'सुरक्षा दिन नसक्ने' भन्दै सरकारले मंगलबार ज्ञानेन्द्रको कार्यक्रम रद्द गरेको थियो । पछि ९ पूर्व जिवित कुमारीलाई ज्ञानेन्द्र बस्दै आएको निर्मल निवास पुर्‍याइएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks